IME Life New

भोटेकोशीको कहर सेलाउन नपाउँदै बुढीगण्डकीको भीषण बाढीले निर्जीवन बीमकमा थप दबाब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अघिल्लो महिना भोटेकोशी नदीमा आएको बाढीको क्षतिपूर्तीका लागि क्षति मूल्याङ्कनको काम जारी नै रहेका बेला गोरखाको बुढीगण्डकी नदीमा गएको भीषण बाढीले झनै वित्तीय दबाब थप्ने भएको छ।

रसुवाको भोटेकोशी नदीमा भदाै १० गते आएको बाक्लो लेदो सहितको हिम पहिरो र बाढीले  जलविद्युत् आयोजना, सडक पूर्वाधार तथा निजी सम्पत्तिमा अर्बौंको क्षति पुर्‍याउँदा निर्जीवन बीमा कम्पनीहरूमा ठूलो दाबी परेको छ। त्यसको मूल्याङ्कन र फर्छ्यौट प्रकृया चलिरहँदै गर्दा बुढीगण्डकी नदीको यो नयाँ विपत्तिले बीमा क्षेत्रमा थप आर्थिक दायित्व थपिने भएको हो।

Esewa
Crest

गोरखामा बाढी प्रभावित क्षेत्रमा रहेका जलविद्युत् आयोजना, सवारी साधन, निर्माणाधीन पुल तथा निजी र व्यापारिक भवनहरूमा उल्लेख्य क्षति पुगेको छ। यीमध्ये जलविद्युत् आयोजना, सवारी साधन, निर्माणाधीन पुलसँग सम्बन्धित जोखिम बीमा अनिवार्य गरिने भएकाले निर्जीवन बीमकमाथि दाबीको दबाब पर्ने निश्चित छ।

रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीले पुर्‍याएको मानवीय तथा अपार धनजनको क्षतिको घाउ नसेलाउँदै, गोरखा जिल्लास्थित बुढीगण्डकी नदीमा हिमपहिरो तथा पहिरोका कारण अर्को ठूलो विपत्ति आएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको स्थिति प्रतिवेदनअनुसार, असोज २५ गते बिहान करिब ५ः३० बजे गोरखाको चुमनुब्री गाउँपालिका ६ स्थित लोक्पा र चुम्लिङको बीचमा पर्ने सिरिङ्गे हिमालबाट खसेको पहिरोले स्थानीय उड़नगुलुङ खोला र बुढीगण्डकी नदी थुनिएर लेदोसहितको भीषण बाढी आएको हो।

बाढीका कारण चुमनुब्री गाउँपालिका ६ चुम्चेतको उङ्गिलुङका २ महिला र ३ पुरुष गरी कुल ५ जना नागरिक हालसम्म सम्पर्कविहीन रहेका छन्। बाढीप्रभावित विभिन्न दुर्गम क्षेत्रबाट ९ जना विदेशी नागरिकसहित ९५ जनाको नेपाली सेनाका ४ वटा हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ। सरकारी सुरक्षाबल मध्ये नेपाली सेनासँग मात्र हेलिकप्टर रहेको छ।

प्रारम्भिक विवरणअनुसार बाक्लो लेदोसहित आएको बाढीले बुढीगण्डकी नदी तटीय क्षेत्रका पूर्वाधार र निजी सम्पत्तिमा ठूलो क्षति पुर्‍याएको छ। २ वटा पक्की पुल, २ वटा झोलुङ्गे पुल र १ वटा बेली ब्रिज बाढीले बगाएको वा क्षति पुर्‍याएको छ। त्यस क्षेत्रमा रहेका क्षेत्रमा रहेका ३ वटा जलविद्युत् आयोजनाहरूमा क्षति पुगेको छ।

विभिन्न गाउँपालिकामा गरी कुल ४३ भन्दा बढी घरहरू पूर्ण वा आंशिक रूपमा क्षति भएका छन्। यसका साथै ५ वटा हवन कुण्ड, २ वटा भेडीगोठ, ४ वटा सवारी साधन, ५ वटा विद्यालय भवन र १२ वटा बंगुरको खोर र गोदामहरूमा क्षति पुगेको छ। यसबाहेक विशालटार, मन्पाङ, माझिंटार, पिपलटारलगायत विभिन्न ११ भन्दा बढी खानेपानी आयोजनाहरू बाढीबाट प्रभावित तथा क्षतिग्रस्त भएका छन्।

  • चुमनुब्री गाउँपालिका (वडा ३): १५१ जनसंख्या प्रभावित र ४३ परिवार विस्थापित।

  • धार्चे गाउँपालिका (वडा १, ३, ५): १२६ जनसंख्या प्रभावित र ३९ परिवार विस्थापित।

  • आरुघाट गाउँपालिका (वडा ३, ५): १३० जनसंख्या प्रभावित र ६४ परिवार विस्थापित।

  • त्रिपुरासुन्दरी गाउँपालिका (वडा २ – धादिङ): २३९ जनसंख्या प्रभावित र ५८ परिवार विस्थापित।

प्राधिकरणले खोज, उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ७०३ भन्दा बढी सुरक्षाकर्मीहरू परिचालन गरिएको जानकारी दिएको छ।

हाल गृहमन्त्री र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुखको उपस्थितिमा विपद् प्रतिकार्य कमाण्ड पोष्टमार्फत स्थलगत राहत, टेन्ट, खाद्यान्न, औषधि तथा अत्यावश्यक सामग्री ढुवानी शुरू गरेको छ।

तस्वीर श्रोतः नेपाली सेना

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS