IME Life New

हिमालयन बुलियनको एप सार्वजनिक, किस्ताबन्दीमा चाँदी किन्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बुलियन कम्पनीले किस्ताबन्दीमा वास्तविक चाँदी खरिद गर्न सकिने मोबाइल एप ‘एचबीसी एप’ सार्वजनिक गरेको छ । एपमार्फत ग्राहकले आफूलाई अनुकूल हुने रकम र समयमा भुक्तानी गर्दै चाँदीका सिक्का तथा बार खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । सन् २००० मा स्थापना भएको कम्पनीले एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताका लागि एप उपलब्ध गराएको हो ।

कम्पनीका अनुसार ग्राहकले एपमा खाता खोलेर ग्राहक पहिचान प्रक्रिया पूरा गरेपछि चाँदीको दैनिक मूल्य हेर्न र खरिदको लक्ष्य निर्धारण गर्न सक्नेछन् । १०, २०, ५० र १०० ग्रामका सिक्का तथा ५०० ग्राम वा सोभन्दा बढी तौलका चाँदीका बार खरिद गर्न सकिनेछ । ग्राहकले एक ग्राम चाँदीबराबरको रकम, कुल मूल्यको ५ प्रतिशत वा सम्पूर्ण रकम एकैपटक भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ ।

Esewa
Crest

सम्पूर्ण रकम भुक्तानी नहुँदासम्म खरिदका लागि छनोट गरिएको चाँदी कम्पनीको भल्टमा सुरक्षित राखिनेछ । एप सार्वजनिक भएको अवसरमा भल्ट शुल्क निःशुल्क गरिएको कम्पनीले जनाएको छ । पूर्ण भुक्तानीपछि ग्राहकले चाँदी संकलनका लागि समय बुक गर्न सक्नेछन् ।

कम्पनीले एपका ग्राहकलाई १० लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना बीमा उपलब्ध गराउने घोषणा पनि गरेको छ । स्यालिको इन्स्योरेन्स र एचबीसीबीचको सहकार्यमा उपलब्ध हुने उक्त सुविधा बीमालेखका सर्त तथा प्रावधानअनुसार लागू हुनेछ ।

त्यस्तै, तिहारसम्म एपमार्फत पूरा गरिएका प्रत्येक खरिदलाई एउटा प्रविष्टि मानेर लक्की ड्र आयोजना गरिने कम्पनीले जनाएको छ । गोलाप्रथाबाट छनोट हुने एक जना विजेताले टेस्ला मोडल थ्री विद्युतीय कार प्राप्त गर्नेछन् । यस योजनाको योग्यता, अन्तिम मिति र विजेता छनोटसम्बन्धी विस्तृत सर्त कम्पनीले सार्वजनिक गर्ने जनाएको छ ।

कम्पनीका अनुसार एचबीसी एप चाँदीको कारोबार वा लगानी योजना नभई भौतिक चाँदी खरिद गर्ने माध्यम हो । एपमार्फत खरिद गरिएका उत्पादनको पूर्ण भुक्तानीपछि ग्राहकले वास्तविक चाँदी प्राप्त गर्न सक्नेछन् । संकलन गरेको तीन दिनपछि कम्पनीले प्रकाशित गरेको पुनः खरिद दरअनुसार चाँदी बिक्री गर्न सकिने व्यवस्था पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS