काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले ठूलो क्षति निम्त्यिाएको छ।
अकास्मात आएको बाढीले दर्जनौँ घर र पुल बगाएको छ। प्रारम्भिक विवरणअनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत बाट सिर्दिबास जोड्ने पुरानो झोलुंगे पुल बगाएको छ।
यसैगरी चुमनुब्री–३ सिर्दीबास बस्ने रामबहादुर गुरुङको १ वटा कच्ची घर बगाएको छ भने एउटावटा घरमा बाढी पसेको छ। धार्चे गाउँपालिका–५ माछीखोलाबाट केरौजा जोड्ने झोलुंगे पुल बगाएको छ। माछीखोलास्थित तल्लो बस्तीमा ५–७ वटा घर र ५–७ वटा टहरामा बाढी पसेको छ।
त्यस्तै धार्चे–३ सल्लेरीस्थित २०–२२ घर बाढीका कारण जोखिममा परेका छन्। आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीमा रहेको फलामे पक्की पुल बगाएको छ।
चुमनुब्रीको सल्लेरीस्थित निर्माणाधिन सहज उर्जा पावर हाउस र वरपर रहेका ७–८ वटा घरहरु बगाएको छ । आरुघाट–९ नयाँपुल स्थित आरुघाटबाट धादिङ जोड्ने पक्की पुल तीन भाग रहेकोमा गोरखा तर्फको एक भाग बगाई क्षति भएको छ भने बाटो पूर्ण रुपमा अवरोध रहेको छ।
त्यस्तै सल्लेरीस्थित टाइम इनर्जीमा बाढीले ठूलो क्षति पुर्याएका छन्। त्यहाँ कार्यरत १८ कर्मचारीले भने भागेर ज्यान जोगाएका छन्।












