IME Life New

साउदीको रियाद विमानस्थलमा भीषण हमला, १२ जनाको मृत्यु, ३०० जना बढी घाइते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साउदी अरबको राजधानी रियादमा रहेको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन्।

स्थानीय अधिकारीहरुका अनुसार घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर छ। आक्रमणपछि विमानस्थल सञ्चालन स्थगित गरिएको छ। उड्डयन ट्रयाकिङ वेबसाइट फ्लाइटराडारका अनुसार रियाद जाने सबै उडानहरु डाइभर्ट वा रद्द गरिएको छ।

Esewa
Crest

साउदी नागरिक उड्डयन प्राधिकरणका अनुसार मृतकहरुमा चार साउदी नागरिक, दुई बंगलादेशी नागरिक र संयुक्त राज्य अमेरिका, जोर्डन, प्यालेस्टाइन, सिरिया, सुडान र इजिप्टका एक–एक नागरिक समावेश छन्। अधिकारीहरुले विमानस्थलमा भएको क्षतिको मूल्यांकन भइरहेको बताएका छन्।

साउदी नेतृत्वको सैन्य गठबन्धनले आक्रमणका लागि यमनका हुथी विद्रोहीहरुलाई दोष दिएको छ। गठबन्धनले आक्रमणलाई ‘युद्ध अपराध’ घोषणा गरेको छ र बदलाको चेतावनी दिएको छ।

गठबन्धनका प्रवक्ता मेजर जनरल टर्की अल–मलिकीले विमानस्थलको यात्रु टर्मिनलमा भएको आक्रमणमा सर्वसाधारण यात्रु र विमानस्थलका कर्मचारीहरु मारिएको र धेरैजना घाइते भएको बताए। उनले आक्रमणलाई गम्भीर युद्ध अपराधको रुपमा वर्णन गरे। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS