IME Life New

जीवन बीमकहरुको १५% ले बढ्यो व्यापार, कसको ग्रोथ कस्तो ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८३।८४ को दोस्रो महिना भदौसम्म जीवन बीमा कम्पनीहरुले साढे ४० अर्ब रुपैयाँ बढीको व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमकले चालु आर्थिक वर्षको भदौसम्म ४० अर्ब ५४ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। अघिल्लो वर्ष २०८२।८३ को भदौसम्म कम्पनीहरुले ३५ अर्ब २४ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीहरुको व्यापार १५.०१ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म सर्वाधिक व्यापार भित्र्याउनेमा नेपाल लाइफ रहेको छ भने व्यापार ग्रोथको हिसाबले आइएमई लाइफ इन्स्योरेन्स अगाडि रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म सबै बीमकको व्यापार बढेको छ।

चालु आर्थिक वर्षको भदौसम्म नेपाल लाइफले १० अर्ब ५८ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष भदौसम्म कम्पनीले ९ अर्ब ६८ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको व्यापार ९.२७ प्रतिशतले बढेको छ।

यसैगरी दोस्रो धेरै व्यापार भित्र्याउनेमा नेसनल लाइफ रहेको छ। समीक्षा अवधिसम्म यो कम्पनीले ४ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष भदौसम्म कम्पनीले ३ अर्ब ९८ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको व्यापार २१.९९ प्रतिशतले बढेको छ।

धेरै व्यापार भित्र्याउने हिसाबले राष्ट्रिय जीवन बीमा कम्पनी तेस्रो स्थानमा रहेको छ। अघिल्लो वर्ष भदौसम्म कम्पनीले ४ अर्ब ८ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिसम्म ४ अर्ब ४१ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको व्यापार ८.१९ प्रतिशतले बढेको छ।

यसैगरी चालु आर्थिक वर्षको भदौसम्म लाइफ इन्स्योरेन्स (एलआईसी नेपाल)ले ३ अर्ब ६७ करोड ८५ लाख रुपैयाँ, हिमालयन लाइफले ३ अर्ब ५९ करोड १९ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २ अर्ब ४६ करोड ६८ लाख रुपैयाँ र एसियन लाइफले १ अर्ब ८२ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म एलआईसी नेपालको व्यापार ८.३७ प्रतिशत, हिमालयन लाइफको १३.२३ प्रतिशत, सूर्यज्योति लाइफको २२.४१ प्रतिशत र एसियन लाइफको २२.९१ प्रतिशतले बढेको छ।

त्यस्तै समीक्षा अवधिसम्म सिटिजन लाइफले १ अर्ब ६९ करोड ९६ लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब ४८ करोड ८६ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ४२ करोड १७ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब २७ करोड ८८ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब २६ करोड ६३ लाख रुपैयाँ, मेटलाइफले १ अर्ब १९ करोड ३१ लाख रुपैयाँ र सन नेपाल लाइफले ७७ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको साउनको तुलनामा समीक्षा अवधिसम्म सबै कम्पनीको व्यापार बढेको छ।

कसको व्यापार ग्रोथ कस्तो ?

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS