काठमाडौं । बीमाको महत्व बुझ्दै पछिल्लो समयमा जन्मदिन जस्ता विशेष अवसरमा आफ्ना सन्तान तथा प्रियजनलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । आफ्ना सन्तान र परिवारको भविष्य सुरक्षित र सुनिश्चित होस् भन्ने उद्देश्यले नेपालमा जन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका विशेष अवसरमा बीमा उपहार दिने शुभकार्यले प्राथमिकता पाउँदै गएको देखिन्छ ।
यसै क्रममा भरतपुर–०२, चितवन निवासी रिना क्षेत्रीले आफ्ना छोरा सुगम क्षेत्रीको जन्मदिनको अवसर पारेर रु.१५ लाखको “हिमालयन सावधीक बीमा पोलिसी” उपहार प्रदान गरेकी छन् । उनले हिमालयन लाइफ इन्स्योरेन्स, भरतपुर शाखामार्फत १६ वर्ष अवधिको उक्त बीमा योजना खरिद गरी जन्मदिनलाई अझ विशेष बनाएकी हुन् ।
आजको समयमा बीमालाई केवल बचतको माध्यम मात्र नभई भावी सन्ततीको उज्ज्वल भविष्य निर्माण, जोखिम न्यूनीकरण तथा बुढेसकालको सहाराको रूपमा समेत लिने गरिन्छ । विशेषगरी बालबालिकाको उच्च शिक्षा, स्वास्थ्य तथा भविष्य सुरक्षित गर्न बीमा अत्यन्त प्रभावकारी माध्यम बन्दै गएको छ ।
अनावश्यक खर्चलाई नियन्त्रण गर्दै भविष्यमा आवश्यक पर्ने शिक्षा तथा स्वास्थ्य खर्चको सुनिश्चितता गर्न जन्मदिनमा बीमा पोलिसी उपहार दिनु अत्यन्त सकारात्मक र दूरदर्शी कदम भएको अभिकर्ता पार्वती अधिकारीले बताइन् ।












