IME Life New

‘स्वास्थ्य श्री’ प्रिमियम तोरीको तेलप्रति आकर्षित बन्दै उपभोक्ता, बजार विस्तार गर्दै कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल नेपाली बजारमा रिलायबल नेपाल एग्रोले उत्पादन गर्दै आएको ‘स्वास्थ्य श्री’ प्रिमियम फरस्ट प्रेस्ड तोरीको तेलले उपभोक्ताको आकर्षिक गरेको छ। यो तोरीको तेलको शुद्धता, प्राकृतिक स्वाद र गुणस्तरलाई लिएर उपभोक्ता आकर्षित भएका हुन्।

‘गुणस्तरमा विश्वास, परिवारमा स्वास्थ्य’ भन्ने नारासहित ‘स्वास्थ्य श्री’ ब्रान्डको तोरीको तेल चितवनको खैरहनीमा अत्याधुनिक प्रविधिसहित सञ्चालित प्लान्ट उत्पादन गरिन्छ। बीमा, बैंकिङ तथा व्यावसायिक क्षेत्रमा अनुभवी व्यक्तिको लगानीमा पब्लिक लिमिटेड कम्पनीका रुपमा यो कम्पनीको स्थापना गरिएको छ।

Esewa
Crest

कम्पनीका अनुसार नेपाली उपभोक्तालाई गुणस्तरीय तथा विश्वसनीय खाद्य उत्पादन उपलब्ध गराउने मुख्य उद्देश्य रहेको छ। यो तेल पहिलो प्रेसिङ एक्स्पेलर प्रक्रियाबाट उत्पादन गरिन्छ। यसका लागि गुणस्तरीय तोरीका दाना प्रयोग गरिने र पिनाबाट निस्किएको तेल नमिसाइने प्याकेजिङ गरिने गरेको कम्पनीले जनाएको छ।

कम्पनीले चितवनलाई तोरी उत्पादन, प्रशोधन तथा उपभोगका लागि उपयुक्त क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य लिएको छ। स्थानीय कृषि उत्पादनको विकास, कृषकको उत्पादनको सहज बजारीकरण तथा व्यावसायिक कृषिप्रति आकर्षण बढाउने कम्पनीको उद्देश्य छ।

हाल काठमाडौं उपत्यकाका भाटभटेनी, बिग मार्ट, मेट्रो मार्टलगायतका स्टोरमा ‘स्वास्थ्य श्री’ तोरीको तेल उपलब्ध रहेको कम्पनीले जनाएको छ। चितवन, पोखरा, धनगढी, गोरखालगायत जिल्लामा यो तेलको बिक्रीवितरण भइरहेको छ। देशभर बजार विस्तार गर्दै लैजाने योजनामा कम्पनी रहेको छ।

कम्पनीले तोरीको तेलसँगै कृषि उपजमा आधारित अन्य खाद्य सामग्रीसमेत उत्पादन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS