IME Life New

बीमा कम्पनीहरुको भदौको व्यापारको तथ्यांक सार्वजनिक गर्न प्राधिकरणको किन ढिलाइ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले असोजको तेस्रो साता बित्न लागिसक्दा पनि बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८३।८४ को दोस्रो महिना अर्थात भदौमा गरेको व्यापारको तथ्यांक सार्वजनिक गर्न सकेको छैन।

प्राधिकरणले मासिक रुपमा बीमा कम्पनीहरुको व्यापार तथ्यांक सार्वजनिक गर्दै आएको छ। एउटा महिनाको तथ्यांक प्राधिकरणले बढीमा अर्को महिनाको १०–१२ गतेभित्र सार्वजनिक गर्दै आएको थियो। प्राधिकरणले बीमा नियामक एकीकृत सूचना व्यवस्थापन प्रणाली (आईआरएमआईएस) मार्फत बीमकसँग अघिल्लो दिनसम्मको व्यापारिक तथ्यांक भोलिपल्टसम्ममा संकलन गर्ने कार्य गर्दै आएको छ। बीमकले एपीआईमार्फत आईआरएमआईएस प्रणालीमा तथ्यांक प्रविष्टी गर्दै आएका छन्।

Esewa
Crest

प्राधिकरणले बीमकबाट बीमाशुल्क संकलन, दाबी भुक्तानी, भुक्तानी गर्न बाँकी दाबीलगायतका विवरणको अद्यावधिक विवरण तत्कालै प्राप्त गरे पनि यसपटक अझैसम्म प्रकाशन गरेको छैन।

प्राधिकरणले चालु आर्थिक वर्षको साउनको तथ्यांक पनि निर्जीवन बीमकको भदौ १८ गते र जीवन बीमकको भदौ २४ गते सार्वजनिक गरेको थियो। नियमितभन्दा भदौ महिनामा पनि साउनको तथ्यांक ढिलो गरी सार्वजनिक गरेको हो। अहिले पुनः भदौको तथ्यांक सार्वजनिक गर्न प्राधिकरणले ढिलाइ गरिरहेको छ।

प्राधिकरणका कर्मचारीहरु आन्दोलनमा उत्रिएका कारण भदौको तथ्यांक सार्वजनिक गर्न ढिलाइ भएको एक अधिकारीले बताए। ‘आज सहमति भएपछि आन्दोलन रोकिएको छ’, ती अधिकारीले भने, ‘बीमकबाट प्राप्त तथ्यांक प्रकाशन गर्नुअघि पुनःपुष्टि गर्ने काम भइरहेकोले पनि ढिलाइ भएको हो। अबको २–३ दिनभित्रै तथ्यांक आउँछ होला।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS