IME Life New

युनाइटेड इन्स्योरेन्सका सिइओ शेखर बरालले दिए राजिनामा, तत्काल अर्को बिमा कम्पनी जाने सम्भावना न्युन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: युनाइटेड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले पदबाट राजिनामा दिएका छन् । बरालले बुधबार सञ्चालक समितिसमक्ष राजिनामा दिएका हुन् ।

पछिल्लो समय निकै बिबादास्पद बनेका बरालले बिमा समिति तथा नियामक निकायलाई चुनौती दिदै, युनाइटेड इन्स्योरेन्स कम्पनीको मुख्य प्रबर्दक अरबपति बिनोद चौधरीको चौधरी ग्रुपको पक्षमा लागेका थिए, यो बिसयमा युनाइटेड इन्स्योरेन्सलाई नियामक बीमा समितिले पटक पटक चेतावनीसमेत दिएको थियो ।
पछिल्लो पटक कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालको कार्यशैली बाट असतुस्ता हुदै करिब १७० भन्दा धरै कर्मचारीहरुले कम्पनीबाट राजिनामा गरेको बताइन्छ

Esewa
Crest

बराल २०७२ बैशाख १७ गते ४ वर्षे कार्यकालका युनाइटेडको सीइओ नियुक्त भएका थिए । बरालसँग बीमा क्षेत्रमका दुई दशक काम गरेको अनुभव थियो, तर बराल आफु संलग्न सबै कम्पनीहरुलाई सही ढंगले अगाडी बढ्न सकेनन ।

बरालले पछिल्लो पटक नयाँ संचालनको तयारीमा राखेका सानिमा इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, नेपाल जनरल इन्स्योरेन्स लगायतमा प्रमुख कार्यकारी अधिकृतको नियुक्ति प्रयाश गरेको जानकारी श्रोतले दिएको छ, तर सम्बन्धित कम्पनी बाट सोचेजस्तो प्रतिक्रिया नआए पछि युनाइटेड इन्स्योरेन्सबाट बाहिरिने निर्णय गरेका हुन्, श्रोतका अनुसार उनिअहिले तत्कालै अर्को बीमा कम्पनी जाने सम्भावना छैन ।

बराल यसअघि लुम्बीनी जनरल इन्स्योरेन्सका कार्यकारी प्रमुख थिए, बरालले सन् १९९० बाट तत्कालिन ग्रिन्डलेज बैंक (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बाट करियर सुरु गरेका थिए । सन् २००२ सम्म त्यहाँ रहेका उनी त्रिवेणी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

त्रिवेणीपछि उनी तत्कालिन घरेलु तथा साना उद्योग विकास बैंक (अहिलेको महालक्ष्मी बैंक) को नायव महाप्रबन्धक भएर गएका थिए । तत्कालिन स्वस्तिक फाइनान्सका प्रमुख कार्यकारी अधिकृत भइसकेका उनी सुर्या लाइफ इन्स्योरेन्सको महाप्रबन्धकका रुपमा बिमा क्षेत्रमा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS