काठमाडौं । चिरख्वा हाइड्रोपावरको ३० लाख २० हजार बढी कित्ता शेयरको लकइन अवधि सकिन लागेको छ।
कम्पनीले एक सूचना जारी गर्दै ३० लाख २० हजार ७०० कित्ता शेयरको लकइन अवधि आउँदो कात्तिक १४ गते सकिने जानकारी गराएको हो। हाल लकइनमा संस्थापकको २८ लाख कित्ता, कर्मचारीको १६ हजार कित्ता र आयोजना प्रभावित स्थानीयको २ लाख ४ हजार ७०० कित्ता रहेको छ।
कुनै पनि कम्पनीको आइपीओ बाँडफाँट भएको मितिले ३ वर्षसम्म संस्थापक, कर्मचारी र आयोजना प्रभावित स्थानीयको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।












