काठमाडौं । बाढीको जोखिमका कारण बेलायतमा लाखौँ घर बीमाका लागि अयोग्य हुन सक्ने चेतावनी दिइएको छ।
बेलायतको अग्रणी बीमा कम्पनी अविभाकी सीईओ अमान्डा ब्ल्यांकले बाढीको जोखिमका कारण भविष्यमा आज निर्माण भइरहेका घर बीमाका लागि अयोग्य हुने चेतावनी दिएकी हुन्। बाढीको जोखिम निरन्तर बढ्दै गरिरहेको उल्लेख गर्दै उनले भनिन्, ‘तर, हालको निर्माण विधिलाई हेर्दा अर्को दशकमा बाढीको जोखिम भएका क्षेत्रहरुमा १ लाख १५हजार नयाँ घर निर्माण हुने छन्।’
बीबीसीसँगको कुराकानीमा ल्यांकले भनिन्, ‘हामी त्यो बुझैनौँ। हामीले यी घर कहाँ बनाइँदैछन् भन्ने बारेमा सोच्न आवश्यक छ।’
वातावरण एजेन्सीका अनुसार बेलायतमा लगभग ६३ लाख घर र व्यवसाय बाढीको जोखिममा छन्। अविभाको अनुसन्धानले सन् २०२२ र २०२४ को बीचमा बनाइएका नौ घरमध्ये एउटा बाढीको मध्यमदेखि उच्च जोखिममा रहेको पत्ता लगाएको छ। बिग बोस अन्तर्वार्ता पोडकास्टमा ब्ल्यांकले भनिन्, ‘बेलायतले भविष्यमा कुनै समयमा बीमायोग्य नहुने घरहरु ‘निश्चित रुपमा’ निर्माण गरिरहेको छ। बाढी–प्रवण क्षेत्रहरु कुन हुन् भन्ने कुरा सबैलाई थाहा छ। हामीले निर्माण गरिरहेका घरहरुका बारेमा धेरै ध्यानपूर्वक सोचौँ।’
ब्ल्यांकका अनुसार बाढी–प्रवण क्षेत्रहरु नजिक निर्माण गर्न पनि फरक दृष्टिकोण चाहिन्छ। उनले भनिन्, ‘तपाइँको सम्पत्तिलाई कम वा बढी बाढी प्रतिरोधी बनाउन तपाइँले लिन सक्ने धेरै उपाय छन्।’
अविभाको अनुसन्धान अनुसार सन् २०२४ मा बनेका लगभग एक तिहाइ नयाँ घर सन् २०५० सम्ममा बाढीमा पर्न सक्छन्। यसैगरी सात घरमध्ये एक घर चरम मौसमको कारण बाढीको मध्यमदेखि उच्च जोखिममा हुनेछ।
यस वर्षको सुरुमा मौसम कार्यालयले अनुमान गरेको थियो कि विश्वव्यापी तापक्रमको वर्तमान स्तरलाई ध्यानमा राख्दै सन् २०२३–२०२४ मा बेलायतमा देखिएको रेकर्ड–ब्रेकिङ जाडो अब ८० वर्षमा एकपटक हुने घटनाको सट्टा २० वर्षमा एकपटक हुने घटना हो। एक विस्तृत अन्तर्वार्तामा ब्ल्यांकले सरकारलाई अक्टोबर २८ मा चान्सलर जोन हेलीको पहिलो बजेट अगाडि नीतिका बारेमा ‘बजवड्र्स’ (ठोस योजना बिनाका विचारहरु) बाट बच्न आग्रह गरिन्।
अविभा बेलायतको एउटा प्रमुख निजी पेन्सन प्रदायक हो। ब्ल्यांकले भनिन्, ‘पछिल्ला केही बजेटमा पेन्सन परिवर्तनहरुका बारेमा अनुमानले उनीहरुको पेन्सनबाट ठूलो संख्यामा निकासी भएको छ। उनले भनिन्, ‘वास्तवमा गत वर्ष हामीले सामान्यभन्दा ३० गुणा बढी पेन्सन निकासी देख्यौँ। यो त्यस्तो कुरा हो जुन ग्राहकले पछि पछुताउन सक्छन्। किनकि एक पटक तपाइँले करमुक्त एकमुष्ट रकम निकाल्नुभयो भने तपाइँले यसलाई फिर्ता जम्मा गर्न सक्नुहुन्न। त्यसैले हामी भन्नेछौँ कि तपाइँले विचार गरिरहनुभएको वा प्रयास गरिरहनुभएको कुराहरुका बारेमा धेरै सावधान रहनुहोस्।’
बजेटभन्दा धेरै अगाडि गरिएका केही नीतिगत घोषणामा पहिलोपटक घर खरिद गर्नेहरुलाई मद्दत गर्ने योजना र बेलायतमा औद्योगीकरणको नयाँ युग सुरु गर्ने समावेश छ।
ब्ल्यांकका अनुसार अविभा पूर्वाधारमा लगानी गर्न ‘पुँजीको साथ तयार’ छ। उनले कम्पनीले पहिले नै बेलायतमा १०० अर्ब पाउन्डभन्दा बढी लगानी गरिसकेको बताइन्। जसमध्ये ३५ अर्ब पाउन्ड अस्पताल, विद्यालय र हावा फार्मजस्ता पूर्वाधारमा जान्छ। उनले भने, ‘हामीसँग त्यो पुँजी छ। हामी लगानी गर्न चाहन्छौँ। हामी बेलायतमा ठूलो रोजगारदाता हौँ। हामी बेलायतको पूर्वाधारमा लगानी गर्न चाहन्छौँ। यसले हाम्रा पेन्सनधारक र ती पेन्सन योजनाका सदस्यलाई राम्रो प्रतिफल प्रदान गर्दछ।’ –एजेन्सी












