IME Life New

बाढीका कारण सयपत्री हाइड्रोपावरको विद्युत उत्पादन तथा प्रसारण पूर्ण रूपमा अवरुद्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सयपत्री हाइड्रोपावरद्वारा बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिकामा सञ्चालित २.५ मेगावाट क्षमताको दरमखोला ए जलविद्युत आयोजनाको विद्युत उत्पादन तथा प्रसारण कार्य बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

आयोजनाको प्रवर्द्धक कम्पनी सयपत्री हाइड्रोपावर लिमिटेडले असोज ९ गते शुक्रबार दरम खोलामा आएको बाढीले आयोजनाको स्विचयार्डदेखि नेपाल विद्युत प्राधिकरणको हरिचौर सबस्टेसनसम्म रहेको ३३ केभी प्रसारण लाइनका पोल तथा तारहरूमा क्षति पुर्‍याएको जनाएको हो ।

Esewa
Crest

बाढीले संरचनामा क्षति पुर्‍याएपछि असोज ९ गते राति ११ बजेदेखि आयोजनाको विद्युत उत्पादन र प्रसारण पूर्ण रूपमा बन्द रहेको कम्पनीले बताएको छ।

बाढीका कारण विद्युत सेवा अवरुद्ध हुनुका साथै असोज १० गते बेलुकी ११ बजेपछि ताराखोला गाउँपालिकामा रहेका सञ्चार माध्यमका टावरहरू समेत ठप्प भएको बताइएको छ । नेपाल टेलिकम तथा अन्य सञ्चार सेवा अवरुद्ध हुँदा आयोजनास्थलमा रहेका कर्मचारीहरूसँग हालसम्म सम्पर्क हुन नसकेको कम्पनीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS