काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले विद्युत नियमन आयोगबाट हकप्रद शेयर जारी गर्न पूर्वस्वीकृति प्राप्त गरेको छ।
आयोगले कम्पनीलाई हाल कायम चुक्तापुँजीको १ः०.२५१५ अनुपात अर्थात २५.१५ प्रतिशत हकप्रद शेयर जारी गर्न पूर्वस्वीकृति प्रदान गरेको हो। कम्पनीको हाल चुक्तापुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ रहेको छ।
यो चुक्तापुँजीबमोजिम आयोगले १०० रुपैयाँ अंकित दरका कुल ३० लाख ८१ हजार २६२ कित्ता हकप्रद शेयर जारी गर्न कम्पनीलाई पूर्वस्वीकृति प्रदान गरेको छ।
अब कम्पनीले हकप्रद शेयर जारी गर्न थप प्रक्रिया अगाडि बढाउनेछ।












