इन्स्योरेन्स खबर/काठमाडौँ: निर्जिबन बिमा कम्पनी सिद्धार्थ इन्स्योरेन्सले असार १७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन ३५ प्रतिशत अर्थात २२ करोड ४४ लाख ९७ हजार रुपैयाँ बराबरको २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
हकप्रद निष्कासन साउन २० गते बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । बैंशाख ३० गतेसम्म कायम रहेका सेयरधनी मात्र हकप्रद सेयरका लागि आवेदन दिन योग्य हुने भएका छन् ।
हकप्रद बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी बढेर ८६ करोड ५१ लाख रुपैयाँ पुग्ने छ । हाल सिद्धार्थको चुक्तापुँजी ६४ करोड १४ लाख रुपैयाँ छ ।
कम्पनीले बाँकि करिब १३. ४१ करोड पुंजी चालु आर्थिक वर्ष को मुनाफाबाट वितरण गर्ने योजना गरेको छ। चालु आर्थिक वर्षको अन्त्य सम्म निर्जिबन बिमा कम्पनीहरुको चुक्ता पुंजी १ अर्ब पुराउनु पर्ने बिमा समितिको निर्देशन पुरा गर्न बिमा कम्पनीहरुले हकप्रदको बाटो रोजेको देखिन्छ ।