काठमाडौं । पुष्पलाल इन्भेस्टमेन्ट कम्पनीले आफ्ना शेयरधनीहरुका लागि हकप्रद शेयर जारी गरेको छ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २१ लाख कित्ता हकप्रद शेयर जारी गरेको हो। जसअनुसार कम्पनीले २१ करोड रुपैयाँ पुँजी जुटाउनेछ।
इच्छुक शेयरधनीहरुले आउँदो कात्तिक १२ गतेभित्र शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। शेयर खरिदका लागि भरेको फारमसहित बैंकको रकम जम्मा गरेको भौचर शेयरधनीहरुले कम्पनीको झापाको बिर्तामोडस्थित रजिस्टर्ड कार्यालयमा पेस गर्न सक्नेछन्।












