IME Life New

बीमाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने प्रावधानमा कडाइ गर्दै बीमा प्राधिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमाका लागि राष्ट्रिय परिचयपत्रको अनिवार्यतासम्बन्धी प्रावधान पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने भएको छ। प्राधिकरणले २०८१ माघदेखि नै यसको कार्यान्वयनका लागि बीमकहरुलाई निर्देशन दिए पनि व्यवहारिक कठिनाइका कारण लागू गर्न सम्भव नभएको भन्दै बीमकहरुले आंशिक रुपमा मात्र कार्यान्वयनमा ल्याएका थिए।

सरकारले बैंक तथा वित्तीय संस्थाको सेवा तथा खाता खोल्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै बीमा क्षेत्रका लागि पनि यो कार्यान्वयन गर्नुपर्ने दबाब बढेको हो। प्राधिकरणले २०८१ असार १४ गते परिपत्र जारी गर्दै २०८१ माघ १ गतेदेखि लागू हुने गरी सबैखाले बीमा कारोबारका लागि बीमितको राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य समावेश गर्न बीमकलाई निर्देशन दिएको थियो।

Esewa
Crest

बीमकहरुका अनुसार खाताधारी ग्राहकको तुलनामा बीमितको संख्या एकदमै न्यून भएको र दुवै सेवाको प्रकृति फरक भएकाले राष्ट्रिय परिचयपत्रको अनिवार्यता लागू गर्नु व्यवहारिक हुँदैन। मुलुकमा बीमाको सुरक्षामा समेटिएको वास्तविक जनसंख्या अपेक्षाकृत थोरै छ। यस्तो अवस्थामा प्रारम्भमा जसरी पनि बीमाको दायराभित्र समेट्ने रणनीति नियामकको हुनुपर्छ।

एकपटक बीमाको दायराभित्र प्रवेश गरिसकेपछि बीमा दाबी भुक्तानीको चरणमा मात्र बीमित पक्षबाट आवश्यक कागजात माग्नु उपयुक्त हुने बीमकको तर्क छ। उनीहरुका अनुसार बीमालेख खरिद गर्ने समयमा नै बीमित वा प्रस्तावकलाई दाबी पर्दाको अवस्थामा पेस गर्नुपर्ने कागजपत्रबारे जानकारी दिने र परिपक्व दाबी, अग्रिम भुक्तानी दाबी वा जीवित लाभ (सर्भाइभल बेनिफिट्स) दाबी भुक्तानी लिने समय अगावै कागजपत्र पेस गर्न बीमकले पूर्वसूचना दिनसके बीमा व्यवसायका लागि सहज हुनेछ।

सबै किसिमका बीमा कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य, बीमकलाई आवश्यक कार्य तत्काल गर्न निर्देशन – Insurance Khabar

एक प्रमुख कार्यकारी अधिकृतले भने, ‘बैंकको शाखामा सेवा खोज्दै ग्राहक पुग्छन्। जीवन बीमामा त्यस्तो बिल्कुलै हुँदैन। हाम्रा प्रतिनिधिहरु नै बीमा गरौँ भन्दै घरघर धाउनुपर्छ।’

राष्ट्रिय परिचय पत्रको अत्तोले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिक मारमा – Insurance Khabar

बीमा प्राधिकरण सम्बद्ध स्रोतका अनुसार राष्ट्रिय परिचयपत्रको अनिवार्यताका सम्बन्धमा नीतिगत निर्णयको तयारी भइरहेको छ। सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रावधान र बीमितको वास्तविक पहिचानका लागि समेत यसको अनिवार्यता आवश्यक रहेको प्राधिकरणका अधिकारीहरुको भनाइ छ।

वृद्ध भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णयबाट पछि हट्यो सरकार – Insurance Khabar

वैदेशिक रोजगारीका लागि विदेशिका नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको अभावमा जीवन बीमाको सुरक्षा लाभ लिनबाट वञ्चित हुनुपर्नेछ। विदेशमा रहेका तर राष्ट्रिय परिचयपत्र नम्बर हासिल गरिनसकेका नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रमा सहज पहुँच नहुँदा बीमालगायतका सेवाबाट वञ्चित भएका छन्। यसबाहेक उनीहरुले बैंक खाता सञ्चालनसमेत गर्न नपाउँदा बैंक बचत, विप्रेषणबापतको रकम आफ्नै खातामा जम्मा गर्ने र नेपालमा शेयर कारोबारमा लगानी गर्न पाउने अवसरबाट पनि वञ्चित छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS