IME Life New

इन्स्योरेन्स कम्पनी पुरानो भएर राम्रो हुदैन, सोच नयाँ हुनुपर्छ: उदाहरण शिखर इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड निर्जीवन बीमा क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल संस्था हो, जसलाई हवाई, बैंकिङ्ग, उत्पादन, उद्योग, पर्यटन उद्योग, मिडिया हाउस जस्ता क्षेत्रमा संलग्न युवा व्यवसायिक समूहहरूद्वारा प्रवर्द्धन गरिएको छ। जुन कम्पनी स्थापनाको दृष्टिकोणले हेर्ने हो भने निर्जीवन बीमाकम्पनीहरु मध्ये तेश्रो कान्छो कम्पनी हो, संचालनमा रहेका १७ ओटा निर्जीवन बिमा कम्पनीहरु मध्ये शिखर इन्स्योरेन्स १५औ कम्पनी हो, बीमा समितिबाट २०६१ कार्तिक २६ गते बाट ब्यबसाय संचालन अनुमति प्राप्त गरेको शिखर इन्स्योरेन्सले आफ्नो स्थापनाको एकदशक पुग्दा-नपुग्दै बिगत ४ वर्ष दखि निर्जीवन बिमा क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ।

नेपाली बिमा क्षेत्रको इतिहाश हेर्दा अन्य बिमा कम्पनीहरुले दशकौ गर्न नसकेको काम शिखर इन्स्योरेन्सले एक दशक भित्र गरेको देखिन्छ। कम्पनीले नेपालका सुगम ठाउँ दखि डोटी, अछाम, कैलाली, मुगु, जुम्ला, कालिकोट, डोल्पा लगाएत दुर्गम जिल्लाहरुमा शाखा सञ्जाल विस्तार गर्न सकेको छ भने, बिमा क्षेत्रमा नया नया पोलीसि र प्रयोगमा शिखर इन्स्योरेन्सले आफुलाई आक्रामक ढंगले प्रस्तुत गरेको देखिन्छ ।

Esewa
Crest

हाल कम्पनीले कृषि बीमा, हवाई बीमा, बैंकरको हर्जाना बीमा लगायत दूई दर्जन भन्दा बढी किसिका बिमा योजनाहरु संचालन गरेको छ, जसमध्ये अधिकांश बिमा योजनाहरु नयाँ-नयाँ विशेषता सहित बजारमा पस्केको कम्पनीले दाबी गरेको छ, भने भबिष्यमा आफ्नो सेवालाई विविधिकरण गर्दै निर्जिबन बिमा कम्पनीहरु मध्येअग्र स्थानमा रहने योजना बनाएको छ । स्थापनाको छोटो समयमा आफ्नै स्वामित्वको केन्द्रीय कार्यालय ‘शिखर बिज़ सेण्टर’ संचालन गर्न सफल भएको छ ।

शिखर इन्स्योरेन्सले मुलुक भरिका सम्पूर्ण मुख्य सहरहरु लगायत सहर उन्मुख ठाउँहरुबाट सेवा दिदै आएको छ भने, कम्पनीले अहिले निर्जीवन बीमा क्षेत्रमा सबै भन्दा धरै रोजगारी दिने संस्था बनेको छ। कम्पनीले नयाँ-नयाँ किसिमका बिमा योजनाहरु संचालन गर्नुका साथै छिटो छरितो दाबी भुक्तानी गर्ने गरेको छ, शिखर इन्स्योरेन्सले बीमा क्षेत्रमा नयाँ तरिकाले सेवा सुबिधा दिदै आएको छ।

कम्पनीको चालु आर्थिक बर्षको तेश्रो त्रैमासमा खुद नाफा ३१ करोड एक लाख पुगेको छ । गत बर्षको तेश्रो त्रैमासमा २६ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले ४ करोड ३७ लाख रुपैयाँले खुद नाफा बढाएको हो ।

तेश्रो त्रैमाससम्ममा एक अर्ब २२ करोड ८८ लाख खुद बीमा शुल्क आर्जन गरेको इन्स्योरेन्सले गत बर्षभन्दा ८६ करोड ९७ लाख बढाएको छ । यस अवधिमा कम्पनीले ५५ करोड ७० लाख दाबी भुक्तानी गरेको छ । गत बर्षमा ३६ करोड ०९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

यस अवधिसम्ममा शिखरले दुई अर्ब ४५ करोड ९२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत बर्ष कुल बीमा शुल्क दुई अर्ब ३९ लाख रहेको थियो । शिखरले पाँच हजार ९५७ संख्याबाट परेको दाबीमा ८६ करोड एक लाख रुपैयाँ दाबी भुक्तानी गर्दा अझै चार हजार ५५२ वटाको ७३ करोड १२ लाख रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेको हो । समीक्षा अवधिमा कम्पनीले जारी बीमालेखको संख्या दुई लाख १५ हजार पुर्याएको छ ।

संचालनको हिसाबले हेर्दा शिखर इन्स्योरेन्स तेश्रो कान्छो निर्जिबन बिमा कम्पनीहो, संचालनको हिसाबले लुम्बिनी जनरल इन्स्योरेन्स सबै भन्दा कान्छो र सिद्धार्थ इन्स्योरेन्स भन्दा केहि समयमात्र अगाडीको कम्पनी हो शिखर इन्स्योरेन्स तर व्यवसायको हिसाबले हेर्दा आज सिद्धार्थ इन्स्योरेन्स र शिखर इन्स्योरेन्स बिच प्रतिष्पर्धा छ तर नेपालको बिमा बजारको इतिहास र व्यवसायको तुलना गर्दा शिखर इन्स्योरेन्स बिगत ३-४ वर्ष दखि पहिलो नम्बरमा रहेको छ, अब प्रश्न उठछ के सफलता नयाँ र पुरानो मा निर्भर छ त, पक्कै पनि यो कुरा सोच र लगनशीलता संग निर्भर रहन्छ।

विश्लेषकले शिखर शिखर इन्स्योरेन्सको गुण-गान गाउन मात्र यो बिस्लेशन गरेको होइन, नेपाली बीमा बजारमा अहिले ९ ओटा जिबन बिमा कम्पनी संचलनमा आएका छन् भने छिट्टै थप ३ ओटा निर्जिबन बीमा कम्पनी संचालनको तयारीमा रहेका छन्, बजारमा नयाँ कम्पनीलाई हेर्ने नजर फरक छ, तर कम्पनीको ब्यबस्थापनले बुझ्नु पर्ने कुरा बीमा ब्यबसायको मैदान पनि सानो छैन तसर्थ आजका नयाँ कम्पनीहरु प्रबिधिको प्रयोग, नयाँ नयाँ बिमा योजनाहरु, सक्षम कर्मचारी, कुशल संस्थागत सुशासन सहित अगाडी बढ्ने हो भने नयाँ जिबन/निर्जिबन दुवै क्षेत्रमा ठुलो सम्भावना छ, र अर्को कुरा संचालक समिति र प्रबर्द्धक हरुले बुज्नु पर्ने कुरा बीमा ब्यबसाय राता-रात फड्को मरेर सफल हुने व्यवसाय पनि होइन तसर्थ बिमा जस्तो संबेदनसिल विषयमा छिट्टै प्रतिफल खोज्नुको सत्ता सफल कम्पनी बनाउन जोडबल गर्दा राम्रो हुने दखिन्छ। यो कुरा शिखरबाट सिक्ने सकिने उदाहरण मात्र हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS