IME Life New

नेपाल बीमा सर्भेयर संघको सभापतिबाट ऋषि कोइराला निलम्बित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपला बीमा सर्भेयर संघको सभापतिबाट ऋषि कोइरालालाई निलम्बित गरिएको छ।

संघको कार्यासमितिको भदौ २७ गते बसेको बैठकले कोइरालालाई सभापतिबाट निलम्बन गर्ने निर्णय गरेको हो। संघले एक विज्ञप्ति जारी गरी यस विषयको आधिकारिक जानकारी गराएको छ।

Esewa
Crest

कोइरालासँग सम्बन्धित रही संघका सदस्य, सर्वेयर, बीमा कम्पनी तथा अन्य सरोकारवाला पक्षबाट प्राप्त लिखित एवं मौखिक गुनासाका विषयमा विस्तृत छलफल गरी सर्वसम्मतबाट केही निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। ‘प्रारम्भिक रुपमा हेर्दा उठेका विषयहरु संस्थागत सुशासन, विधानको पालना तथा पेशागत प्रतिष्ठासँग प्रत्यक्ष सम्बन्धित देखिएकाले सो सम्बन्धमा छानबिन प्रक्रिया अगाडि बढाउने र निष्पक्ष छानबिनका लागि छानबिन अवधिभर कोइरालालाई संघको पदीय तथा सदस्यतागत हैसियतमा नराख्ने ठहर गर्दै संघको विधान, २०५९ को दफा ७(क) र ७(ग) बमोजिम साधारण सदस्यता तत्काल प्रभावकारी हुने गरी र सोही आधारमा सभापति पदबाट समेत अर्को निर्णय नभएसम्मका लागि निलम्बन गर्ने निर्णय भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘निलम्बन अवधिभर कोइरालाले संघको सभापति वा सदस्यको हैसियतले कुनै पनि निर्णय, पत्राचार, प्रतिनिधित्व वा सार्वजनिक अभिव्यक्ति गर्न पाउने छैनन् र संघको दैनिक कार्यसञ्चालन, बैंक खाता तथा अभिलेख र छापसम्बन्धी जिम्मेवारी विधानबमोजिम उपसभापति भानु कँडेलबाट सम्पादन हुने व्यवस्था मिलाइएको छ।’

उठेका विषयहरुको निष्पक्ष छानबिनका लागि संघका सचिव लोचन केन्द्र देवकोटाको संयोजकत्वमा ३ सदस्यीय स्वतन्त्र छानबिन समिति गठन गरिएको पनि संघले जनाएको छ। यो समितिले सम्बन्धित पक्षसँग लिखित स्पष्टीकरण माग गरी सफाइको पूर्ण अवसर प्रदान गर्दै आवश्यक प्रमाण संकलनपश्चात १ महिनाभित्र कार्यसमितिसमक्ष प्रतिवेदन पेस गर्ने विज्ञप्तिमा उल्लेख छ।

प्रतिवेदन प्राप्त भएपछि कार्यसमितिले विधानबमोजिम अन्तिम निर्णय गर्नेछ र आरोप पुष्टि नभएको ठहर भएमा निलम्बन स्वतः फुकुवा हुने जनाइएको छ। ‘यो निर्णय निष्पक्ष एवं प्रभावकारी छानबिन सुनिश्चित गर्न गरिएको प्रक्रियागत व्यवस्थामात्र हो, कुनै पनि आरोपलाई पूर्वनिर्णीत तथ्यका रुपमा लिइएको होइन’, विज्ञप्तिमा भनिएको छ, ‘संघ–संस्थागत सुशासन, पारदर्शिता, सामूहिक निर्णय प्रणाली तथा सर्वेयर पेशाको मर्यादाप्रति प्रतिबद्ध रहेको पुनः पुष्टि गर्दै सम्पूर्ण सदस्य, नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, बीमा कम्पनीहरु तथा सरोकारवाला निकायहरुलाई छानबिन प्रक्रियामा सहयोग गरिदिन र आधिकारिक सूचनाबाहेकका विषयमा भ्रमित नहुन हार्दिक अनुरोध गर्दछौँ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS