काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १६ लाख ४० हजार कित्ता शेयर बिक्रीमा राखिएको छ।
कम्पनीको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।
निवेदन ३५ दिनभित्र दिनुपर्नेछ। निवेदन काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।












