काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २७ दशमलव ९४ अंकले बढेर २,५५९ को विन्दुमा कायम भएको छ । आज २३७ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० दशमलव ५३ प्रतिशतका दरले कमाएका छन् । अभियान लघुवित्तका लगानीकर्ताले १० दशमलव ०९ प्रतिशतका दरले कमाएका छन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ९ दशमलव ५४ प्रतिशतका दरले कमाएका छन् ।













