काठमाडौं । हिजो दोहोरो अंकले घटेको शेयर बजार आज भने दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २७ दशमलव ९४ अंकले बढेर २,५५९ को विन्दुमा कायम भएको छ । आज २३७ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३४५ कम्पनीको १ करोड २० लाख ८९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै लिबर्टी इनर्जीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १८ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १४ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० दशमलव ५३ प्रतिशतका दरले कमाएका छन् । अभियान लघुवित्तका लगानीकर्ताले १० दशमलव ०९ प्रतिशतका दरले कमाएका छन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ९ दशमलव ५४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मल्टीपर्पज फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ७१ प्रतिशतका दरले गुमाएका हुन् ।












