काठमाडौं । शेयर बजार बिहीबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १३.८५ अंकले घटेर २५३१.५५ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका सबै समूह ओरालो लागेको छ। सर्वाधिक गिरावट उत्पादन तथा प्रशोधन समूहमा १.१४ प्रतिशतको देखिएको छ।
यो दिन बजारमा ६७ कम्पनीको शेयरभाउ बढ्दा २०० कम्पनीको घटेको छ। आज ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज झन्डै ४ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार लिबर्टी इनर्जीको भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी













