IME Life New

बाढीपीडितलाई एएचजेड एसोसिएट्स नेपाल र डीएमएच फाउन्डेसन बंगलादेशको राहत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले एएचजेड एसोसिएट्स नेपाल र डा. मुस्तफा हाजेरा फाउन्डेसन (डीएमएच फाउन्डेसन), बंगलादेशले संयुक्त रूपमा राहत वितरण गरेका छन्।

बाढीबाट सयौँ परिवार प्रभावित भई घर, खाद्यान्न तथा दैनिक जीवनयापनका आवश्यक सामग्रीमा क्षति पुगेपछि राहतको आवश्यकता बढिरहेका बेला संस्थाहरूले नुवाकोटको विदुर क्षेत्रमा पुगेर प्रभावित परिवारलाई खाद्यान्न तथा आधारभूत आवश्यकताका सामग्री वितरण गरेका हुन्।

Esewa
Crest

राहत वितरणका क्रममा एएचजेड एसोसिएट्स नेपालको टोलीले प्रभावित परिवारसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था, समस्या र आवश्यकताबारे जानकारीसमेत लिएको थियो।

यस अभियानका लागि आवश्यक आर्थिक सहयोग डीएमएच फाउन्डेसन, बंगलादेशले उपलब्ध गराएको थियो भने राहत सामग्रीको व्यवस्थापन, वितरण तथा स्थानीयस्तरमा समन्वयको जिम्मेवारी एएचजेड एसोसिएट्स नेपालले गरेको थियो।

राहत अभियानबारे प्रतिक्रिया दिँदै डीएमएच फाउन्डेसन, बंगलादेशका अध्यक्ष क्याप्टेन एकेएम गोलाम कबिरियाले विपद्को समयमा पीडितको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताए ।

उनले भने, “मानवताको कुनै सीमा हुँदैन। जब मानिसहरू कठिनाइ र क्षतिको सामना गरिरहेका हुन्छन्, त्यतिबेला उनीहरू कहाँबाट आएका हुन् भन्नेभन्दा पनि उनीहरूको साथमा उभिनु महत्वपूर्ण हुन्छ। नेपालका बाढीपीडित परिवारलाई सहयोग गर्ने अवसर पाएकोमा हामी गौरवान्वित छौँ।”

फाउन्डेसनले आफ्ना संस्थापक तथा संरक्षक जाहिरुल इस्लाम तथा गोलाम मुर्तुजा लगायतको मार्गदर्शन र सहयोगमा अभियान सञ्चालन गरिएको जनाएको छ।

राहत अभियानको नेतृत्व एएचजेड एसोसिएट्स नेपालका कन्ट्री म्यानेजर शोबिन थापाले गरेका थिए । काठमाडौंस्थित मुख्य कार्यालयबाट परिचालित राहत टोलीमा शोबिन थापा, अर्चना यादव, सजल पोखरेल, रिषभ सिंह, प्रज्ञा मगर, दिवेश अधिकारी, अम्बिका गिरी, मेघा बज्राचार्य र योगेन्द्र साउद सहभागी थिए ।

टोलीले राहत सामग्री व्यवस्थापनदेखि प्रभावित परिवारको पहिचान, प्रत्यक्ष वितरण तथा स्थानीयस्तरमा आवश्यक समन्वयको काम गरेको थियो। कन्ट्री म्यानेजर शोबिन थापाले राहत अभियान सामग्री वितरणमा मात्र सीमित नभएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS