IME Life New

कालिञ्चोक दर्शनले डाक्यो साधारणसभा, बोनस शेयरपछि शेयरधनीलाई १००% हकप्रद शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिञ्चोक दर्शनले आफ्नो १२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले साधारसभा आउँदो असोज १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्स होटलमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ६३ करोड रुपैयाँको कुल ८.९४७४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ८.५ प्रतिशतले हुन आउने ५ करोड ३५ लाख ५० हजार रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.४४७४ प्रतिशतले हुन आउने २८ लाख १८ हजार ४२१.०५ रुपैयाँबराबरको नगद लाभांश छन्।

सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। बोनस शेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न सुझाव प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ। सभाले कम्पनीको व्यावसायिक क्षेत्र विस्तार तथा लगानी विविधीकरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३।८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

सभाले सञ्चालकको नियुक्ति बाँकी अवधिका लागि अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले असोज ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको असोज ९ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS