IME Life New

एनपीएल २०२६ को डिजिटल प्रसारण अधिकारमा नेटटीभी ओटीटी उच्चतम बोलपत्रदाता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को डिजिटल प्रसारण अधिकारका लागि भएको बोलपत्र प्रक्रियामा नेटटीभी ओटीटी उच्चतम बोलपत्रदाता बनेको छ।नेपाली क्रिकेटको लोकप्रिय फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिगको आगामी संस्करणलाई डिजिटल माध्यमबाट दर्शकमाझ पुर्‍याउने उद्देश्यले आयोजित बोलपत्र प्रक्रियामा नेटटीभी ओटीटीले सबैभन्दा बढी रकमको बोलपत्र पेश गर्दै उच्चतम बोलपत्रदाता बन्न सफल भएको हो।

एनपीएलले पछिल्ला वर्षहरूमा नेपाली क्रिकेटको लोकप्रियता बढाउनुका साथै नेपाली क्रिकेटलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ। प्रतियोगिताप्रति नेपालमा मात्र नभई विदेशमा रहेका नेपाली तथा क्रिकेटप्रेमीको समेत आकर्षण बढ्दै गएको छ।

Esewa
Crest

डिजिटल माध्यमबाट खेलकुद प्रतियोगिता हेर्ने दर्शकको संख्या बढिरहेको अवस्थामा एनपीएल २०२६ लाई थप व्यापक, आधुनिक तथा प्रविधिमैत्री रूपमा दर्शकमाझ पुर्‍याउने तयारी गरिएको छ।

नेटटीभी ओटीटीले नेपाली क्रिकेटको विकास तथा व्यावसायिक विस्तारमा योगदान पुर्‍याउने उद्देश्यसहित एनपीएल २०२६ को डिजिटल प्रसारणलाई थप प्रभावकारी र गुणस्तरीय बनाउने प्रतिबद्धता जनाएको छ।

कम्पनीले नेपाली क्रिकेटप्रतिको उत्साहलाई डिजिटल माध्यमसँग जोड्दै एनपीएल २०२६ लाई नेपालमा मात्र नभई विश्वभर रहेका नेपाली तथा क्रिकेटप्रेमीमाझ पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।

एनपीएल २०२६ को डिजिटल प्रसारण अधिकारका लागि नेटटीभी ओटीटी उच्चतम बोलपत्रदाता बनेसँगै आगामी संस्करणको प्रतियोगिता डिजिटल माध्यमबाट थप व्यापक दर्शकमाझ पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS