IME Life New

वृद्ध-वृद्धालाई शरीर बन्धक गरी चोरी गर्ने ५ जना पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वृद्ध-वृद्धालाई शरिर बन्धक गरि डाँका चोरी गर्ने ५ जना गिरोह पक्राउ परेका छन् । यही भदौ १८ गते राति अन्दाजी १२ बजेको समयमा जिल्ला रामेछाप खाँडादेवी गाउँपालिका वडा नं. २ मझुवा नेवारटोल स्थित बर्ष ८५ को बखतमान लामा र निजको श्रीमती वर्ष ८६ की कान्छी माया तामाङ आफ्नै घरमा सुतिरहेको अवस्थामा नकावधारी अपरिचित ३ जनाको समुहले घरको ढोका फुटाई भित्र प्रवेश गरि निज वृद्ध-वृद्धालाई प्लाष्टिकको टेपले हात बाँधी मुख थुनी आँखामा पट्टी बाँधी ज्यान मार्ने धम्की समेत दिई नियन्त्रणमा राखी निजहरुले लगाएको गरगहना तथा घरमा राखेको नगद समेत लुटी डाँका गरी फरार रहेको प्रहरीले बताउको छ ।

अनुसन्धान गर्दै जाँदा ती ब्यक्तिहरुका चोरी सामान तथा डाँका चोरीमा प्रयोग गरेका सवारी साधानसहित भदौ २० गते भक्तपुर जिल्लाको बिभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

Esewa
Crest

उक्त घट्नामा सिन्धुली जिल्ला घ्याङलेक गाउँपालिका वडा नं. ०२ बस्ने बर्ष २५ को सुमन जर्घा मगर रहेको पाइउको छ । उनी काठमाडौंको निजि बिद्यालयको सवारी चालक रहेको पाइएको छ भने निजको साथबाट नगद २५ हजार पैसा, रेडमी कम्पनीको मोबाइल १ थान र बा. ७३ प ८७१२ नं. को रातो कालो रंगको २२० सीसीको मोटरसाइकल थान १ बरामद गरिएको बताइएको छ ।

त्यस्तै, अर्का व्यक्ती रामेछाप जिल्ला खाँडादेबी पाउँपालिका वडा नं. २ बस्ने बर्ष ३२को दिर्घराज मोक्तान रहेका छन् । उनी बसको सहचालकको रुपमा काम गर्ने पाइएको छ भने निजको साथबाट नगद ५२ हजार २ सय, नेपाली नागरिकता थान १, राहदानी थान १, एनएमबि बैकंको चेक थान १, ग्लोबल आइएमई बैंकको राजश्व तिरेको बिल थान १ र घटनास्थलमा प्रयोग भएको ज्याकेट र हाफ कट्टु बरामद गरिएको छ ।

त्यस्तै, रामेछाप जिल्ला खाँडादेबी गा.पा. वडा नं. २ मझुवा बस्ने बर्ष ३३ को पशुपति श्रेष्ठ रहेका छन् । उनी काठमाडौंमा मोटरसाईकलमा ईन्ड्राईभ गर्ने पाइएको छ भने निजको साथबाट बा.७२ प ५५८ नं.को मोटरसाइकल थान १, नगद ६ हजार ४ सय ६० रुपैयाँ, मोबाइल थान १, लक्ष्मी सनराईज बैकको खातामा १ लाख ३१ हजार १४ रुपैँया ८२ पैसा मौज्दात रहेको , शुभश्री बचत ऋण सहकारी संस्थाको बचत बुक थान १, चार्जर थान १, नेपाली नागरिकता थान १, बुद्धचित मालाको दाना २२ वटा, ढलौटको पानस टुकी थान १, पुराना सिक्का थान ५ र सुन जस्तो पहेलो धातुको औठी थान १ बरामद गरिएको छ ।

यता, झापा जिल्ला दमक न.पा. वडा नं. ०७ बस्ने बर्ष ४४ को पिताम्बर गहतराज रहेका छन् । उनले भक्तपुरमा सुनचाँदी व्यवसाय गर्ने पाइएको छ भने निजको साथवाट मोबाइल थान १ बरामद गरिएको छ ।

धनकुटा जिल्ला बेलाहारा न.पा.वडा नं. ५ बस्ने बर्ष ३८ को दिपक भन्ने गुणराज विश्वकर्मा र निजको साथबाट सुन जस्तो पहेलो धातुको रिङ थान २ बरामद गरिएको छ ।

पशुपति श्रेष्ठको समुहले रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका वडा नं. ०७ स्थितमा रहेको रुद्रेश्वर महादेव मन्दिरको दान पेटिका फुटाई रकम चोरी गरेको समेत अनुसन्धानबाट पाइएको छ ।

यस्तै गत असार १ गते रातीको समयमा रामेछाप जिल्ला खाँडादेवी गाँउपालिका वडा नं. ३ बस्ने सुन्दरी श्रेष्ठको अन्दाजी २८.३० केजीको एउटा खसी र यही भदौ ७ गते राती ऐ. खाँडादेवी गाउँपालिका वडा नं ०३ भिरपानी बस्ने राम बहादुर श्रेष्ठको गोठबाट अं.१५ के.जी. को एउटा बोका चोरी घटनामा पशुपति श्रेष्ठ समुहको संलग्नता रहेको अनुसन्धानबाट पुष्टि भएको छ ।

नेपाल प्रहरीको Criminal Record System चेक गर्दा पक्राउ परेका मध्ये रामेछाप जिल्ला खाँडादेबी गा.पा.वडा नं.२ बस्ने दिर्घराज मोक्तानले जिल्ला प्रहरी कार्यालय रामेछापबाट मिति २०७८।०९।१४ गते खाँडादेवी गाउँपालिका वडा नं.३ सुनकोशी नदीको पुलमा प्रहरीसंग बादविवाद गरी अभद्र व्यवहार गरेको समेत देखिएको छ ।

त्यसैगरी रामेछाप जिल्ला खाँडादेबी गा.पा. वडा नं.०२ मझुवा बस्ने पशुपति श्रेष्ठ समेतका समुहले मिति २०८०।०६।१४ गते काठमाडौंमा सुनको सिक्री लुट्ने घटनामा प्रहरी बृत कालीमाटीबाट डाँका तथा चोरी कसूरमा मुद्दा चलाएको समेत पाइएको छ ।

धनकुटा जिल्ला बेलाहारा न.पा.बस्ने दिपक भन्ने गुणराज विश्वकर्मालाई मिति २०८१।०८।१० मा प्रहरी बृत बौद्ध काठमाडौंबाट जुवा सम्बन्धि कसूरमा मुद्दा चलाएको पाइएको छ ।

यसैगरी, मिति २०८३।०५।१८ गते बिहान ६ बजेको समयमा रामेछापको सुनापती गाउँपालिका वडा नं.२ दिमीपोखरी बस्ने वर्ष ७५ को इमान सिं तामाङको बाहिरबाट ताल्चा लगाएको २ कोठे घरमा खुल्ला रहेको बाख्रा बाध्ने कोठाबाट प्रवेश गरी माथि तल्लाको केहिं भाग फोडी अर्को कोठामा प्रवेश गरि बृद्ध भत्ता वापतको रकम रु,७८,००० हजार चोरी गरी झ्यालबाट निस्केको घटनामा अनुसन्धान गर्दै जाँदा तपसिलमा उल्लेखित व्यक्तिहरु चोरीमा संलग्न भएको पाइएकोले निज चोरी गर्ने व्यक्तिले चोरी गरेको नगद रकम आफ्नो घरको छाना मुनि लुकाई छिपाई राखेको अवस्थामा फेला पारी रितपूर्वक बरामद गरी कानूनी कारवाहीको लागि निजहरुलाई पक्राउ गरिएको पाइएको छ ।

रामेछाप जिल्ला साविक दिमीपोखरी गा.वि.स.वडा नं. ७ हाल सुनापती गाउँपालिका वडा नं. २ नयाँ पानी टयाँकी टोल बस्ने बर्ष ३४ को आकाश लामा, ऐ.ऐ.बस्ने आकाश लामाको छोरा वर्ष १९ को सन्दिप तामाङ रहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS