काठमाडौं । शिवम् होल्डिङग्स लिमिटेडले असोज ५ गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीले उक्त सभा कम्पनी रजिष्टर्डको कार्यालय सभाहल अनामनगरमा विहान ११ः३० बजे गर्ने भएको हो । कम्पनीको भदौ १९ गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।
सभाले कम्पनीको स्वीकृत प्रबन्धपत्रको दफा ४ को उपदफा १ मा उल्लेखित उद्देश्यहरु संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।












