IME Life New

आइएमई लाइफ दसौँ वर्षमा प्रवेश, अझै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले नवौँ वर्ष पूरा गरी दसौँ वर्षमा प्रवेश गरेको छ।

आइएमई लाइफ २०६५ असोज १५ दर्ता भएको कम्पनी हो। कम्पनी भने २०७४ भदौ १ गतेबाट सञ्चालनमा आएको थियो। सञ्चालनको छोटो अवधिमै बीमित र शेयरधनी दुवैलाई कम्पनी उचित प्रतिफल दिन सफल भएको छ।

Esewa
Crest

यो जीवन बीमकले न्यूनतम चुक्तापुँजी वृद्धिका लागि मर्जरको विकल्प नरोजी प्रिमियम मूल्यमै साधारण शेयर जारी गर्दै पूँजी वृद्धि गर्यो। चुक्तापुँजी ५ अर्ब भएको कम्पनीसँग शेयर प्रिमियम आम्दानीबापत ५२ करोड ३८ लाख रुपैयाँ सञ्चित रहेको छ। कम्पनीले प्रिमियम मूल्यमा शेयर खरिद गरेका साधारण शेयरधनीलाई पहिलो वर्षमै २५ प्रतिशत बोनस शेयर वितरण गरेर ४ अर्बबाट चुक्तापुँजी ५ अर्ब पुर्याएको हो।

गत आर्थिक वर्षसम्म कम्पनीको जीवन बीमा कोष अघिल्लो आर्थिक वर्षको तुलनामा ३९.४० प्रतिशतले बढेर १८ अर्ब २७ करोड रुपैयाँको उचाइमा पुगेको छ।

गत आर्थिक वर्षमा कम्पनीको व्यापारमा आकर्षक ग्रोथ देखिएको छ। समीक्षा वर्षमा कम्पनीले ७ अर्ब ७३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ३६.८६ प्रतिशतले बढी हो। यो बढोत्तरीले आइएमई लाइफप्रति बीमितको भरोसा बढ्दै गएको देखिन्छ।

गत आर्थिक वर्षमा ५८ करोड ४२ लाख रुपैयाँ नाफा कमाउन सफल आइएमई लाइफको प्रतिशेयर आम्दानी बढेर ११.६८ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १३५.६६ रुपैयाँ रहेको छ।

हाल कम्पनी सञ्चालक समितिका अध्यक्ष डा रामहरि अर्याल छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार खड्का छन्। वार्षिकोत्सवका अवसरमा कम्पनीले आफ्ना ग्राहक, नियामकीय निकायहरु र सरोकारवालाहरुसँगै आफ्ना सम्पूर्ण कर्मचारीवृत्तमा आभार प्रकट गरेको छ। आगामी दिनमा अझै गुणस्तरीय सेवा प्रदान गर्ने कम्पनीले प्रतिबद्धता गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS