IME Life New

उपचारमा नागरिकको खल्तीबाट हुने खर्च जोगाउन प्राथमिक स्वास्थ्य संस्थामा लगानी गर्दै चिनियाँ सरकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक चीनले अाफ्नो नागरिकले स्वास्थ्य उपचार गराउँदा खल्तीबाट व्यहोर्नुपर्ने उपचार खर्च घटाउन र समुदाय स्तरको स्वास्थ्य सेवालाई बलियो बनाउनराष्ट्रिय स्वास्थ्य बीमा कोषको ठूलो हिस्सा प्राथमिक स्वास्थ्य संस्थाहरूमा खर्चिने भएको छ।

चीनको नेशनल हेल्थकेयर सेक्युरिटी एडमिनिस्ट्रेशन र अन्य दुई सरकारी विभागले जारी गरेको संयुक्त निर्देशिकाअनुसार वार्षिक रूपमा थपिने स्वास्थ्य बीमा कोषलाई प्राथमिक स्वास्थ्य केन्द्र र सामुदायिक अस्पतालहरूमा बढाउँदै लैजाने निर्णय गरिएको छ।

Esewa
Crest

ठूला अस्पतालहरूमा बिरामीको अत्यधिक चाप हुने र सामुदायिक संस्थाहरूमा स्रोत साधन तथा औषधिको कमी हुने समस्या समाधान गर्न यो नीति ल्याइएको हो।

अस्पताल बाहिरै बसेर गराइने उपचार अर्थात् बहिरङ सेवामा बीमा रकमको छुट कम्तीमा ५० प्रतिशत पुर्‍याइनेछ, जसले बिरामीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रमै उपचार गराउन प्रोत्साहन गर्नेछ। दीर्घकालीन रोग भएका बिरामीहरूले एकै पटकमा १२ हप्तासम्मका लागि औषधि प्रेस्क्रिप्सन पाउन सक्नेछन्।

जिल्ला स्तरका स्वास्थ्य संयन्त्रहरूमा बचत भएको बीमा रकमलाई प्राथमिक स्वास्थ्य संस्था र अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीहरूका लागि प्राथमिकताका साथ प्रयोग गरिने व्यवस्था निर्देशिकाले गरेको छ। ठूला र जिल्ला स्तरका अस्पतालहरूले जटिल तथा गम्भीर रोगहरू मात्र हेर्नेछन् भने सामुदायिक क्लिनिकहरूले सामान्य रोग, दीर्घरोग, पुनःस्थापना र नर्सिङ सेवाहरू प्रदान गर्नेछन्।

निर्देशिकाले केन्द्रीय औषधि खरिद प्रणालीमार्फत प्राथमिक स्वास्थ्य केन्द्रहरूमा आवश्यक औषधिको आपूर्ति सहज बनाइउने व्यवस्था गरेको छ। साथै, बीमा भुक्तानी सहज बनाउन अनुहार पहिचान गर्ने प्रविधि अपनाइनेछ।

सन् २०२५ को अन्त्यसम्म चीनभर १० लाख ६० हजार प्राथमिक स्वास्थ्य संस्था र ५२ लाख ५० हजार स्वास्थ्यकर्मी थिए। यो नयाँ प्रणालीलाई देशव्यापी रूपमा विस्तार गर्नुअघि १५ वटा क्षेत्रमा प्रयोगात्मक परीक्षण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS