IME Life New

एक वर्षमा रु. १ खर्ब बढी बीमा दाबी भुक्तानी, जीवन र निर्जीवन बीमकबाट कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत आर्थिक वर्ष २०८२।८३ मा बीमा कम्पनीहरुले १ खर्ब रुपैयाँ बढीको दाबी भुक्तानी गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिविम्बअनुसार बीमा कम्पनीहरुले गत आर्थिकमा कुल १ खर्ब १ अर्ब ३६ करोड १३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा बीमा कम्पनीहरुले ९१ अर्ब ६ करोड ८५ लाख रुपैयाँ दाबी भुक्तान गरेका थिए। अघिल्लो वर्षको तुलनामा बीमा दाबी भुक्तानी ११.३० प्रतिशतले बढेको छ।

Esewa
Crest

गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुबाट ६९ अर्ब ६४ करोड २३ लाख रुपैयाँ भुक्तानी भएको छ। यो भुक्तानी ४ लाख १९ हजार १३६ वटा दाबीको हो।

अघिल्लो वर्ष जीवन बीमकहरुले ३ लाख ९१ हजार १३५ वटा दाबीको ६५ अर्ब ८० करोड ८९ लाख रुपैयाँ भुक्तानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा जीवन बीमकहरुको दाबी भुक्तानी संख्या ७.१६ प्रतिशत र रकम ५.८३ प्रतिशतले बढेको छ।

यसैगरी गत आर्थिक वर्षमा निर्जीवन बीमकहरुले १ लाख ६४ हजार १०१ वटा दाबीको ३१ अर्ब ७१ करोड ९० लाख रुपैयाँ भुक्तानी गरेका छन्। अघिल्लो वर्ष निर्जीवन बीमकहरुले १ लाख ५० हजार ६३९ वटा दाबीको २५ अर्ब २५ करोड ९६ लाख रुपैयाँ भुक्तानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा निर्जीवन बीमकहरुको दाबी संख्या र रकम क्रमशः ८.९४ प्रतिशत र २५.५७ प्रतिशतले बढेको छ।

गत भदौको जेनजी आन्दोलन र असोजको बाढीपहिरोले ठूलो भौतिक क्षति पुर्याएका कारण निर्जीवन बीमकहरुको दाबी भुक्तानी रकम बढेको हो।

गत आर्थिक वर्षको तथ्यांक हेर्दा जीवन र निर्जीवन बीमकहरुले अझै ५२ अर्ब ८ करोड १ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको देखिएको छ। जसमा जीवन बीमकहरुले १ लाख ४४ हजार १४४ वटा दाबीको ११ अर्ब ४ करोड ७५ लाख रुपैयाँ र निर्जीवन बीमकहरुले १ लाख ६ हजार २३७ वटा दाबीको ४१ अर्ब ३ करोड २५ लाख रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS