IME Life New

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्य गर्नेलाई विशेष सम्मान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न भएको छ।

चितवनमा साउन १४, १५, १६ र १७ गते गरी ४ दिन विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो। आर्थिक वर्ष २०८२।८३ को समीक्षा, नयाँ आर्थिक वर्ष २०८३।८४ रणनीति, आर्थिक वर्ष २०८२।८३ मा उत्कृष्ट कार्य गर्ने कर्मचारी, शाखा, शाखा प्रमुख, प्रदेश प्रमुखलाई सम्मान र पावर अफ माइन्ड सेट फर बिजनेस ग्रोथको तालिमका साथ कार्यक्रम सम्पन्न भएको हो।

Esewa
Crest

प्रभु महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईले प्रभु महालक्ष्मी लाइफले आर्थिक वर्ष २०८२।८३ मा गरेको व्यवसाय अघिल्लो आर्थिक वर्षभन्दा राम्रो वृद्धिदर भएकाले सम्पूर्ण कर्मचारी, अभिकर्ता, बीमितलगायतलाई धन्यवाद व्यक्त गरे। उनले आगामी आर्थिक वर्षको व्यावसायिक रणनीतिका बारेमा प्रष्ट पार्दै ढुक्कले अघि बढ्न हौसलासमेत प्रदान गरे।

कम्पनीका व्यवस्थापन, प्रदेश प्रमुखहरु, शाखा प्रमुखहरु, सेल्स एक्जुकेटिभ गरी देशैभरिबाट करिब २०० जनाको कार्यक्रममा उपस्थिति थियो।
आर्थिक वर्ष २०८२।८३ उत्कृष्ट कार्य गर्ने प्रदेश प्रमुख, शाखा प्रमुख, सेल्स एक्जुकेटिभलगायतलाई विशेष सम्मान गरेको थियो।

कार्यक्रममा आचार्य राजा बाबु साहको पावर अफ माइन्ड सेट फर बिजनेस ग्रोथ ट्रेनिङ सेसनले व्यावसायिक क्षमता वृद्धि गर्न ऊर्जा प्रदान गरेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु महालक्ष्मी लाइफका नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले कम्पनीले आगामी दिनमा अझ ठूला सफलता प्राप्त गर्न विगतका अनुभवबाट सिकेर सुधार गर्दै अगाडी जानुपर्ने बताए।

कम्पनीका नायब महाप्रबन्धक तथा नेसनल सेल्स हेड सोनबहादुर मगरले आर्थिक वर्ष २०८३।८४ को व्यावसायिक रणनीतिबारे प्रस्ट पारेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS