IME Life New

लोमान्थाङका छिरिङः जिउँदो हुँदा मात्र होइन, स्वर्गारोहण हुँदा पनि पारिवारिक जिम्मेवारी बहन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुस्ताङको लोमान्थाङमा जन्म भएका छिरिङ दोर्जेको जीवन सामान्य परिवारमा हुर्कंदै गयो। स्थानीय सरकारी स्कुलमा पढ्दै घरको काम गर्दै दिनहरु बित्दै थिए। सरकारी स्कुलमा पढे पनि छिरिङ पढाइमा अब्बल थिए। कुनै पनि कक्षामा दोस्रो हुनु परेन। जिल्ला उत्कृष्ट हुँदै पढाइ अघि बढाए।

विद्यालय शिक्षा सकिएपछि उच्च शिक्षाको लागि पोखरा हानिए। राम्रो अंकका साथ एसएलसी परीक्षा उत्तीर्ण गरेकाले राम्रै कलेजले पूर्ण छात्रवृद्धिसहित भर्ना लियो। सो अवसरले उत्साहित उनले पारिवारिक आर्थिक पृष्ठभूमिलाई मध्यनजर गर्दै पढाइसँगै काम पनि अघि बढाए। पसलमा काम पाए। महिनाको १५ हजार। यसले दैनिक जीवन सहज हुँदै थियो। पसलका साहुको फाइनान्स कम्पनीमा लगानी भएकाले उनले छिरिङ क्षमताको कदर गर्दै एकै वर्षमा फाइनान्समा जागिर लगाइदिए, तलब महिनाको ३५ हजारमा। यसरी एकपछि अर्को फड्को मार्दै पढाइको अब्बलता कायम गर्दै प्रगतिपथमा अगाडि बढे।

Esewa
Crest

समयक्रममा बैंकको भ्याकेन्सीले उनलाई लोभ्यायो। त्यसमा पनि ट्राई गरे अनि नाम निकाल्न सफल पनि भए। घरपरिवारमा पनि पैसा पठाउन थाले। स्नातकोत्तरको पढाइ पनि पार गरे।

समय चल्दै थियो। एक्कासि उनी बिरामी परे। जचाउन अस्पताल गए। ब्रेन ट्युमरको लक्षण देखियो। उपचार सुरु गरे। आम्दानी राम्रो हुँदै जादा सँगै कलेज पढ्ने साथी अभिकर्ता भएको कम्पनीमा साथीकै करकापमा जीवन बीमा गरेका थिए। घातक रोग रक्षावरण सुविधाबापतको ५० लाख रुपैयाँ ब्रेन ट्युमर रोग पहिचानका आधारमा जीवन बीमा कम्पनीबाट प्राप्त गरे। सो पैसाले उपचार खर्चलाई सहजीकरण गरिदियो।

तर, दुर्भाग्य नै भन्नुपर्छ, जो राम्रो मान्छे ऊ भगवानको प्यारो हुन पुग्यो। परिवार शोकमा डुब्यो। यसबीचमा कलेज पढ्दाको अभिकर्ता साथी जीवन बीमा दाबीको सम्पूर्ण प्रक्रिया पूरा गरी छिरिङ परिवारमा समवेदनासहित भेटघाटमा पुगे। उनले परिवारलाई छिरिङको जीवन बीमाबापतको १ करोड रुपैयाँको चेक हस्तान्तरण गरे।

गहभरि आँशु पार्दै छिरिङ बुबाले नमिठो अनुहार लगाउँदै चेक लिए र आवश्यक कागजपत्रमा हस्ताक्षर गरिदिए। छिरिङकी आमाले सुक्क–सुक्क गर्दै छोराले जिउँदो हुँदा मात्र होइन, स्वर्गारोहण हुँदा पनि पारिवारीक जिम्मेवारी बहन गरेकोमा कृतज्ञता व्यक्त गरिन्।

समयक्रमसँगै शोकलाई शक्तिमा बदल्न छिरिङको परिवारले लोमान्थाङमै पर्यटक केन्द्रित होटल खोले। होटलले राम्रो कमाइ दिँदै गयो। प्रत्येक दिन बिहान छिरिङका बुवा–आमाको दैनिकी सुरु गर्नु पूर्वछिरिङको तस्बिर र जीवन बीमा कम्पनीलाई ढोगेर सुरु भयो। अनि त उनीहरु अहिले अभिकर्ता भएर आफ्ना गाउँमा हरेक व्यक्तिलाई जीवन बीमा गराउन अग्रस्थानमा छन्। नमिठो सम्झनासँगै आम्दानीमा दंग छन्।

(यो कथा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको युट्युबाट लिइएको हो।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS