IME Life New

डोनाल्ड ट्रम्पले कसले भनेपछि रोके इरानमाथि आक्रमण ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सम्भावित आक्रमण स्थगित गर्ने घोषणा गरेका छन्। ट्रम्पले आइतबार सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा यो घोषणा गरेका हुन्।

यसअघि समाचार वेबसाइट एक्सियोसको एउटा रिपोर्टले साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले ट्रम्पसँग फोनमा कुरा गरेको दाबी गरेको थियो। कलका क्रममा उनले इरानविरुद्ध सम्भावित सैन्य कारबाहीका बारेमा चिन्ता व्यक्त गरे र दुई देशबीच बढ्दो तनावलाई कम गर्न आग्रह गरे।

Esewa
Crest

खबरअनुसार कतार, संयुक्त अरब इमिरेट्स (यूएई), टर्की र पाकिस्तान पनि अमेरिका र इरानबीचको जारी तनाव कम गर्न कूटनीतिक प्रयासमा संलग्न थिए।

यसैबीच डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा आफ्नो पोस्टमा दाबी गरे कि इरान र केही अन्य मध्यपूर्वी देशले उनलाई आक्रमण रोक्न आग्रह गरेका थिए। तनाव कम गर्ने प्रयासमा कतारी मध्यस्थकर्ताहरुले शनिबार इरानी विदेशमन्त्री अब्बास अराघची, ट्रम्पका विशेष दूत स्टीव विटकफ र ओमानी अधिकारीहरूसँग छुट्टाछुट्टै बैठक गरेका थिए। ती बैठकमा होर्मुज समुद्रीमार्ग पुनः खोल्ने सम्भावित सम्झौताको बारेमा छलफल गरियो।

ट्रम्पले यो पनि दाबी गरेका छन् कि प्रस्तावित सम्झौतामा हर्मुज निर्वाध खुल्ने समावेश छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS