IME Life New

बीमकलाई पारदर्शिता ‘ड्यासबोर्ड’ लागू गर्न बीमा प्राधिकरणले दिएको समय गुज्रियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको व्यावसायिक कार्य सम्पादन र बीमित सेवाको अवस्थामा पारदर्शिता ड्यासबोर्ड लागू गर्न दिएको समय सीमा गुज्रिएको छ। प्राधिकरणले गत जेठ १४ गते सबै बीमकको नाममा परिपत्र जारी गर्दै ६० दिनभित्र पारदर्शिता ड्यासबोर्ड(सूचनापाटी) लागू गर्न निर्देशन दिएको थियो।

प्राधिकरणले निर्देशनबमोजिम सूर्यज्योति लाइफ, एलआईसी नेपाल, सानिमा रिलायन्स लाइफ, सिटिजन लाइफ, प्रभु महालक्ष्मी लाइफ, आइएमई लाइफ, रिलायबल नेपाल लाइफ र मेटलाइफ नेपाल गरी ८ वटा जीवन बीमकले लागू गरिसकेका छन्।

Esewa
Crest

जीवन बीमकमध्ये नेपाल लाइफ, नेसनल लाइफ, एसियन लाइफ, हिमालयन लाइफ, सन नेपाल लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनी गरी ६ वटा जीवन बीमकले कार्यान्वयनमा ल्याउन बाँकी छ।

निर्जीवन बीमकमध्ये एनएलजी इन्स्योरेन्सबाहेकका अन्यले अझैसम्म पनि पारदर्शिता ‘ड्यासबोर्ड’ लागू गरेका छैनन्। इन्स्योरेन्स खबरले सोमबार अपराह्न निर्जीवन बीमकहरु शिखर इन्स्योरेन्स, ओरिएन्टल इन्स्योरेन्स, नेसनल इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, हिमालयन एभरेस्ट इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको वेबसाइट जाँदा पारदर्शिता ड्यासबोर्ड फेला परेन।

त्यसैगरी लघु बीमकमध्ये प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सले पारदर्शिता ड्यासबोर्ड प्रकाशन गरिसकेका छन्। यीबाहेकका लघु बीमक लिबर्टी, ट्रस्ट, नेपाल माइक्रो, क्रेष्ट माइक्रो र गार्डियन माइक्रो लाइफले वेबसाइटमा पारदर्शिता ड्यासबोर्ड प्रकाशन गर्न बाँकी छ।

बीमा प्राधिकरणले पारदर्शिता ड्यासबोर्डमा बीमकलाई बीमा व्यवसाय बीमा दाबी, बीमालेख विवरण, गुनासो व्यवस्थापन, वित्तीय अवस्था, शाखा सञ्जालसहित ६ वटा मुख्य सूचकमा अध्यावधिक विवरण प्रकाशन गर्न निर्देशन दिएको थियो। यस्तो विवरण र तथ्यांकको सार्वजनिकीकरणबाट बीमकको पारदर्शितासँगै बीमितप्रतिको जबाफदेहीता बढ्ने विश्वास प्राधिकरणको छ।

पारदर्शिता ड्यासबोर्डमा दिइएका सूचकहरुको तथ्यांकीय विवरणका साथै तुलनात्मक चित्र(ग्राफ) मार्फत समेत विवरण प्रकाशन गरिएको हुन्छ। यसले बीमितलाई बीमकका बारेमा महत्वपूर्ण जानकारी लिन र बीमकबीच तुलना गर्न सहज बनाउँछ।

प्राधिरकणले गत आर्थिक वर्ष २०८२।८३ को वार्षिक नीति तथा कार्यक्रमको बीमा सेवालाई विश्वसनीय, पारदर्शी, सर्वशुलभ र गुणस्तरीय बनाउँदै बीमितको हकहित संरक्षण गर्न बीमकहरुमा पारदर्शिता ड्यासबोर्ड (Transparency Dashboard) प्रणाली लागू गर्ने उल्लेख गरिएको थियो।

नीति तथा कार्यक्रमको कार्यान्वयनमा प्राधिकरणले चासो नदेखाएको भन्दै इन्स्योरेन्स खबरले कार्यान्वयनको अवस्थासहित समाचार प्रकाशन गरेपछि प्राधिकरणले बीमित हितसँग जोडिएका विषयहरुमा बीमकलाई निर्देशन दिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS