IME Life New

गैरआवासीय नेपालीलाई पुँजीबजारमा भित्र्याउन आवश्यक कार्य अगाडि बढाउने सेबोन अध्यक्षको प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा गोपालप्रसाद भट्टले गैरआवासीय नेपालीलाई पुँजीबजारमा भित्र्याउन आवश्यक कार्य अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सेबोनको कार्यालयमा बुधबार गैरआवासीय नेपालीका प्रतिनिधिहरुसँग भएको छलफलमा अध्यक्ष भट्टले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। ‘सरकारले बजेट वक्तव्यमा गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन कानुनी व्यवस्थामा सुधार गर्ने कार्यक्रम तय गरेको छ’, उनले भने, ‘सोहीबमोजिम सेबोनको आर्थिक वर्ष २०८३।८४ मा पुँजीबजार नीतिमा समेत कार्यक्रम समाविष्ट गरी आवश्यक कार्य अगाडि बढाउने सन्दर्भमा छलफलको सुरुआत भएको छ।’

Esewa
Crest

गैरआवासीय नेपालीले समुन्नत मुलुकहरुबाट सिकेको सीप, ज्ञान र पुँजी नेपालको पूर्वाधार विकासमा जोड्ने गरी व्यवस्था गर्न सेबोन आवश्यक सहजीकरणका लागि तयार रहेको भट्टको धारणा थियो।

छलफलका क्रममा गैरआवासीय नेपालीका प्रतिनिधिहरुले नेपाल सरकार तथा सेबोनबाट भएको पहलबाट नेपालको धितोपत्र बजारमा गैरआवासीय नेपालीले लगानी गर्न सक्ने वातावरण निर्माण हुँदै गएको धारणा राखे। उनीहरुले सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको इन्भेस्टमेन्ट कम्पनीले सार्वजनिक निष्कासनमार्फत गैरआवासीय नेपाली तथा विदेशमा रहेका नेपालीलाई साधारण शेयर जारी गरी रकम संकलन गर्ने र सो रकम नेपालको भौतिक पूर्वाधार विकासमा लगानी गर्ने योजना रहेको बताए।

यसका साथै उक्त कम्पनीले भविष्यमा परियोजना विशेषका लागि ऋणपत्र (बन्ड तथा डिबेन्चर) मार्फत रकम संकलन गरी लगानी गर्ने योजनासमेत रहेको बताउँदै उनीहरुले आवश्यक कानुनी सुधारका लागि सहजीकरण गरिदिन सेबोनसमक्ष अनुरोध गरे।

कार्यक्रममा सेबोन भट्टलगायत उच्च पदाधिकारीको उपस्थिति थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS