IME Life New

सम्पत्ति शुद्धीकरणमा ३ शेयर ब्रोकरलाई रु. १.१० करोड जरिवाना, सेबोनले सानिमा रिलायन्स लाइफलाई गरायो सचेत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सम्पत्ति शुद्धीकरणमा ३ ब्रोकरलाई १ करोड १० लाख रुपैयाँबराबरको जरिवाना गरेको छ।

धितोपत्र बोर्डको आज ती ब्रोकरलाई कारबाही गर्दै उक्त जरिवाना गरेको हो। कारबाहीमा पर्ने ब्रोकरमा सिप्ला सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेज रहेका छन्।

Esewa
Crest

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७फ को उपदफा (१)को खण्ड (ख)बमोजिम ती ब्रोकरणलाई कारबाही गरिएको धितोपत्र बोर्डले जनाएको छ। धितोपत्र बोर्डले सिप्ला सेक्युरिटिजलाई ५० लाख रुपैयाँ, श्री कृष्ण सेक्युरिटिजलाई ३० लाख रुपैयाँ र हातेमालो फाइनान्सियल सर्भिसेजलाई पनि ३० लाख रुपैयाँ जरिवाना गरेको हो।

यसैगरी सूचीकृत संगठित संस्था सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स को आर्थिक वर्ष २०८०।८१ को बोनस शेयरसम्बन्धी लगानीकर्ताको डिम्याट खातामा जम्मा गर्ने क्रममा शेयर रजिस्ट्रार सानिमा क्यापिटलले २ हजार ५३३ जना सर्वसाधारण शेयरधनीको खातामा जम्मा हुनुपर्नेेभन्दा बढी शेयर जम्मा गरेको देखिएकोमा धितोपत्र बोर्डले सचेत गराएको छ। उक्त कार्य गर्दा धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७६ को खण्ड (ख) बमोजिम व्यावसायिक स्तर पालना नगरेको देखिएकोले सञ्चालक बोर्डको २०८२ मंसिर १५ को निर्णयअनुसार प्रथमपटकका लागि नेपाल धितोपत्र बोर्डसम्बन्धी नियमावली, २०६४ को नियम २८ को खण्ड (क) बमोजिम सचेत गराइएको धितोपत्र बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS