IME Life New

लगातार तेस्रो दिन नेप्सेसँगै घट्यो कारोबार, आजको टप १० गेनर, लुजर र टर्नओभर कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लगातार तेस्रो दिन बुधबार पनि शेयर बजारमा गिरावट आएको छ। योसँगै कारोबार पनि लगातार तेस्रो घटेको छ। गत सोमबारदेखि घटेको नेप्से र कारोबारले आज पनि निरन्तरता पाएको हो।

नेप्से परिसूचक आज ७.७९ अंकले घटेर २६८८.८८ को विन्दुमा बन्द भएको छ। कारोबार पनि घटेर ४ अर्ब रुपैयाँमा खुम्चिएको छ।

Esewa
Crest

बजार घट्दा नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा घटेको छ। यो दिन अन्य समूह सर्वाधिक ०.४३ प्रतिशतले बढेको छ भने लघुवित्त समूहमा सर्वाधिक ०.६० प्रतिशतको गिरावट देखिएको छ।

घटेको बजारमा आज एभरेष्ट कलरका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् भने गरिमा समृद्धि योजनाका इकाइहरुले सर्वाधिक गुमाएका छन्।

यो दिन बजारमा ७८ कम्पनीको शेयरभाउ बढ्दा १८६ कम्पनीको शेयरभाउ घटेको छ। आज ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज हिमालयन पावर पार्टनरको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको २२ करोड ४७ रुपैयाँको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS