काठमाडौं । सडकका मुख्य क्षेत्र, अफिस र घरमा सुरक्षाका लागि सीसीटीभी क्यामरा जडान गर्ने गरिन्छ। तर, तपाइँले कहिले सोच्नुभएको छ कि प्रायः सीसीटीभी क्यामरा सेतो रङको किन हुन्छ ?
यस्ता छन् कारण
चर्को घाममा चिसो हुन्छ
धेरैजसो मानिसले सीसीटीभी क्यामरा घरको बाहिर लगाउँछन्। चर्को घाममा पनि यसको इलेक्ट्रोनिक्स पार्ट धेरै तातो नहोस् भनेर सेतो रङको क्यामरालाई चिसो राख्न मद्दत गर्छ।
दिन्छ चेतावनी
सेतो रङको क्यामरा टाढाबाटै सजिलै देखिन्छ। जसका कारण चोरहरुले थाहा पाउँछन् कि यो क्षेत्रमा निगरानी जारी छ।
इन्टेरियरसँग म्याच
सीसीटीभीको सेतो रङ घर र अफिसको सिलिङ र इन्टेरियरसँग सजिलै म्याच हुन्छ। त्यसैले यो जडान गर्दा अनौठो लाग्दैन।
प्रायः कालो रङको किन हुँदैन ?
कालो रङको प्लास्टिक घाममा छिट्टै तातो हुन्छ र कम समयमै फुट्ने सम्भावना बढी हुन्छ। त्यहीँ सेतो रङका प्लास्टिकले घामलाई सजिलै सम्हाल्न सक्छ। सीसीटीभी केवल दिनमा मात्र नभएर रातको समयमा नाइट भिजन एलईडीका कारण तातो हुन्छ। त्यसैले सेतो रङले क्यामरालाई धेरै हदमा चिसो राख्न मद्दत गर्छ।
क्यामरा बनाउन सस्तो
धेरैजसो कम्पनीहरु सीसीटीभी क्यामरा सेतो रङमा बनाउँछन्। किनकि ठूलो परिमाणमा एउटै रङको बनाउँदा उत्पादन गर्न पनि सजिलो हुन्छ र लागत पनि कम पर्छ।
ब्याट्रीलाई जोगाउँछ
धेरैजसो सीसीटीभी क्यामरा वायरलेस हुन्छन् र ब्याट्रीबाट चल्छन्। धेरै गर्मीमा ब्याट्रीको आयुमा असर पर्न सक्छ। त्यसैले सीसीटीभी क्यामरा सेतो रङको बनाइन्छ।












