काठमाडौं । शेयर बजार आज झिनो अंकले घटेको छ। नेप्से परिसूचक ४.६४ अंकले घटेर २६९६.६७ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने बाँकी ९ वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक ०.७५ प्रतिशतले बढ्दा अन्य समूहमा सर्वाधिक ०.८० प्रतिशतको गिरावट देखिएको छ।
आज बजारमा ९८ कम्पनीको शेयरभाउ बढेको छ भने १६६ कम्पनीको घटेको छ। यो दिन १३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ४ अर्ब ४२ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार सेन्ट्रल फाइनान्सको भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी













