IME Life New

साढे ३ अर्बको लगानीमा बन्दै गरेको पाँच तारे होटल कर्माको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महाराजगञ्जमा साढे ३ अर्ब रूपैयाँको लगानीमा निर्माणाधीन पाँच तारे स्तरको ले मेरिडिएन होटलको विस्तृत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भएको छ। प्रतिवेदन स्वीकृतिका लागि कर्मा हस्पिटालिटी प्राइभेट लिमिटेडले कृषी, वन तथा पर्यावरण मन्त्रालयमा पेश गरिसकेको छ।

काठमाडाैं महानगरपालिका वडा नम्बर ३ महाराजगञ्जमा झण्डै ६.५ रोपनी क्षेत्रफलमा ५८ मिटर अग्लो भवन सहितको पाँच तारे होटल निर्माण गर्न लागेको हो।

Esewa
Crest

निर्माणाधीन होटलमा १६८ कोठा र २१६ शैय्या हुनेछन् । कुल ३३४३ वर्गमिटर क्षेत्रफल जग्गामा फैलिएको यो होटलको बहुतल्ले पक्की संरचनाको कुल क्षेत्रफल २०,९६१ वर्गमिटर हुनेछ। होटलले स्वीमिङ पुल सहितका लागि दैनिक ४५ हजार लिटर भूमिगत पानीको उपयोग गर्नेछ।

यो परियोजनालाई ७३:२७ को अनुपातमा ऋण र स्वःपूँजीको मिश्रण मार्फत वित्त पोषण गरिएको छ। आवश्यक पूँजी सुरक्षित गर्दै, कम्पनीले कन्सोर्टियम वित्त पोषण मार्फत कुल ३ अर्ब रुपैयाँको व्यवस्था गरेको छ। जसमा २.९२ अर्ब रुपैयाँको दीर्घकालीन ऋण र ८ करोड रुपैयाँको अल्पकालीन ऋण सुविधा समावेश छ।

 

 

महाराजगञ्जमा निर्माणाधीन कर्मा रेजिडेन्जको भवन अगाडी विदेशी पाहुनाका साथमा सञ्चालक कर्मा तेन्जिङ । तस्वीर श्रोतः तेन्जिङको सामाजिक सञ्जालबाट।

यो होटलको लगानीकर्ता महाराजगञ्जमै निर्माणाधीन १६२ कोठे कर्मा रेजिडेन्सिज (आवास परियोजना) मालिक कर्मा तेन्जिङ गुरूङ हुन् । काठमाडाैं उपत्यकाभित्र पाँच तारे स्तरका विलासी होटलको बढ्दो उपस्थितिसँगै यो निर्माणाधीन होटलका लागि प्रतिस्पर्धात्मक चुनाैती थपिने देखिएको छ। हाल महाराजगञ्ज आसपासको क्षेत्रमा पाँचतारे होटलहरू सुकेधारमा मर्क्योर, मण्डिखाटारमा अकामा होटल, चार तारे होटल मण्डला नर्लिङ लर्डस प्रालि र होटल साम्बाला लगायत सञ्चालनमा छन् ।

गुरूङले होटलको सञ्चालन तथा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय होटल व्यवस्थापन सञ्जाल लक्जरी म्यानेजमेण्ट होटल(विभिआइ) लिमिटेडसँग ले मेरिडिएन ब्राण्ड भित्र्याउने गरी सम्झाैता गरेका छन् । यो ब्राण्ड मेरियट होटल्स ग्रुप अन्तर्गतको ब्राण्ड हो । होटल सञ्चालनमा आएको मितिदेखि २६ वर्षका लागि यो व्यवस्थापन सम्झाैता विद्यमान रहने सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS