काठमाडौं । भारतीय बीमा कम्पनीहरुले बीमा प्रक्रियालाई स्वचालित गर्न, अन्डराइटिङ र दाबी प्रशोधनलाई मजबुत गर्न, ग्राहक सेवामा सुधार ल्याउन तथा धोखाधडी पत्ता लगाउनका लागि बीमा मूल्य शृंखलामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को उपयोग बढाउन थालेका छन्।
कम्पनीहरुको वार्षिक प्रतिवेदनअनुसार परिचालन दक्षतामा सुधार, उत्पादकता बढाउन तथा काम पूरा गर्ने समय कम गर्नका लागि एआईको प्रयोग बढाइएको छ। आईसीआईसीआई प्रुडेन्सियल लाइफले पिढीगत बदलाव आकर्षित गर्नदेखि लिएर अन्डराइटिङ र बीमालेख जारी गर्न र सेवा प्रदान गर्नसम्म एआईको उपयोग गरिरहेको जनाएको छ।
वित्त वर्ष २०२६ का क्रममा बीमा कम्पनीहरुले अधिक क्रस–सेलिङलाई बढावा दिन, एड्भाइजर एक्टिभेसनमा सुधार गर्न, प्रचारको लागत कम गर्न, अनबोर्डिङ मजबुत गर्न र धोखाधडी पत्ता लगाउन, संग्रह बढाउन, गलत बिक्री रोक्न तथा दाबी प्रशोधनमा तीव्रता ल्याउन एआई, मेसिन लर्निङ (एमएल) र डिप लर्निङको प्रयोग गरिरहेका छन्। यस वर्ष ९६.८ प्रतिशतभन्दा अधिक ग्राहक सेवा इन्टर्याक्सन डिजिटल सेल्फ–सर्भिस च्यानलहरुका माध्यमबाट पूरा भएका छन्।
एचडीएफसी लइफले एउटा इन्टरप्राइज–वाइड जनरेटिभ एआई प्लेटफर्म निर्माण गरेर पारम्परिक स्वचालनबाट अगाडि बढाएर आई, क्लाउड तथा डाटाबाट सञ्चालित आपरेटिङ मोडलतिर अगाडि बढिइएको जनाएको छ। कम्पनीले आफ्नो वार्षक प्रतिवेदनमा भनेको छ, ‘एआई सञ्चालित टुल र स्वचालनले सेवा सटीकतामा सुधार भएको छ। कार्य पूरा गर्ने समय पनि कम भएको छ र सेवा तथा दाबी प्रक्रियामा समाधान दक्षतामा सुधार आएको छ।’
सरकारी स्वामित्वको भारतीय जीवन बीमा निगम (एलआईसी)ले पनि ग्राहक सेवा र सञ्चालनमा एआईको उपयोग बढाइरहेको छ। बीमा कम्पनी म्याच्योरिटी दाबी सुचना र राष्ट्रिय इलेक्ट्रोनिक फन्ड ट्रान्सफर (एनईएफटी) पञ्जीकरणसँग सम्बन्धित सञ्चारका लागि एआईबाट सक्षम भ्वाइस कम्युनिकेसन सिस्टम परिचालन गरिसकेको र प्रिमियम पेमेन्ट रिमाइन्डरसम्म यसको विस्तार गरिसकेको छ।
निर्जीवन बीमा व्यवस्था गर्ने आईसीआईसीआई लोम्बार्डले पनि बीमालेख जारी गर्न, अन्डरराइटिङ, दाबी र ग्राहक सेवामा एआई परिचालनको विस्तार गरेको छ। –एजेन्सी












