IME Life New

ओटीसी मार्केटमा साढे ४ अर्ब बढीको शेयर कारोबार, कुन कम्पनीको कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत आर्थिक वर्ष २०८२।८३ मा नेपाल स्टक एक्सचेन्ज (नेप्से)को ओटीसी मार्केटमा विभिन्न कम्पनीको साढे ४ अर्ब रुपैयाँ बढीको शेयर कारोबार भएको छ।

नेप्सेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा विभिन्न कम्पनीको ४ अर्ब ५१ करोड ५९ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको हो। ती कम्पनीको २ करोड ४८ लाख ३९ हजार बढी कित्ता शेयर किनबेच भएको छ।

Esewa
Crest

ओटीसी मार्केटमा फोनपे पेमेन्ट सर्भिसको शेयरको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको ११ लाख ५२ हजार ११ कित्ता शेयर १ अर्ब ५१ करोड ४८ लाख ९४ हजार ४६५ रुपैयाँमा कारोबार भएको छ।

यसैगरी दोस्रो धेरै कारोबार नासा सेक्युरिटिज कम्पनीको भएको छ। यो कम्पनीको ४९ लाख २६ हजार ६ कित्ता शेयर ५५ करोड १७ लाख १७ हजार ६७२ रुपैयाँमा किनबेच भएको छ।

नेप्सेले ओटीसी मार्केटको अवधारणा विकास गरी २०६४ सालदेखि सञ्चालनमा ल्याएको हो। ओटीसी मार्केटमा २०७२ साल माघ १८ गतेदेखि कम्पनी रजिस्ट्रारको कार्यालयको सूचनाअनुसार नेप्सेमा सूचीकरण नभएका कम्पनी, सूचीकरण खारेज भएका कम्पनी तथा सूचीकरणका लागि आवश्यक सर्त पूरा हुन नसकी सूचीकरण हुन नसकेका पब्लिक कम्पनीहरुको शेयर कारोबार हुने गर्छ।

कुन कम्पनीको कति कारोबार ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS