काठमाडौं । यदि तपाइँले कहिल्यै आफ्नो रक्त परीक्षण रिपोर्ट वा मेडिकल रिपोर्ट च्याटजीपीटीलाई बुझाउने प्रयास गर्नुभएको छ भने यो सजिलो हुन लागेको छ। ओपनएआईले च्याटजीपीटीमा हेल्थ नामक नयाँ फिचर सुरु गरेको छ।
यस फिचरका साथ प्रयोगकर्ताले आफ्नो मेडिकल रिपोर्ट, अस्पताल रेकर्ड र एप्पल हेल्थ डाटा सिधै च्याटजीपीटीमा जडान गर्न सक्नेछन्।त्यसपछि च्याटजीपीटीले त्यो जानकारीमा आधारित प्रश्नहरुको जबाफ दिनेछ र स्वास्थ्यसम्बन्धी समस्याहरुलाई सरल भाषामा व्याख्या गर्नेछ।
हाल यो फिचर अमेरिकामा १८ वर्ष र सोभन्दा माथिका प्रयोगकर्ताका लागि जारी गरिएको छ। यो वेब र आइफोनमा प्रयोग गर्न सकिन्छ।
ओपनएआईले यो फिचर फ्री, गो, प्लस र प्रो योजना भएका प्रयोगकर्ताका लागि उपलब्ध हुने जनाएको छ।
अहिलेसम्म यदि कुनै प्रयोगकर्ताले आफ्नो ल्याब रिपोर्ट बुझ्न चाहन्थे भने उनीहरुले प्रत्येक पटक पीडीएफ वा फोटो अपलोड गर्नुपथ्र्यो। नयाँ हेल्थ फिचरमा मेडिकल रेकर्ड थपिएपछि च्याटीजीपीटीले जबाफहरु प्रदान गर्न त्यो डाटा प्रयोग गर्न सकिनेछ।












