काठमाडौं । हस्पिटल फर एड्भान्स मेडिसिन एन्ड सर्जरी (ह्याम्स अस्पताल)ले आर्थिक वर्ष २०८२।८३ को वार्षिक साधारणसभा डाकेको छ।
ह्याम्स अस्पतालले यही साउन २९ गते साधारणसभा गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबारमा दिउँसो २ बजेबाट सुरु हुनेछ।
सभाले आइपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले आइपीओबाट प्राप्त रकम प्राप्त गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।
कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन तथा आइपीओमा नियमनकारी निकायबाट कुनै रायसुझाव वा फेरबदल गर्ने निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।
सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ भने चालु आर्थिक वर्ष २०८३।८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।
सभाले सञ्चालक समितिबाट प्रस्तावित नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।












