IME Life New

जेमिनी रिसाइकल नेपालले आइपीओ ल्याउने, डाक्यो विशेष साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेमिनी रिसाइकल नेपाल कम्पनीले आइपीओ ल्याउने भएको छ। आइपीओ ल्याउने एजेन्डा पारित गर्न कम्पनीले विशेष साधारणसभा आह्वान गरेको छ।

कम्पनीले यही साउन २२ गते विशेष साधारणसभा डाकेको हो। सभा मोरङको बुढीगंगास्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा दिउँसो ३ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले जारी पुँजीको २० प्रतिशतले हुन आउने १० लाख कित्ता आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले जगेडा कोषमा रहेको संस्थापक शेयर प्रिमियम मूल्यमा जारी गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले आइपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाउने सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव स्वीकृत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS