काठमाडौं । नेपाल बीमा प्राधिकरणको इन्टरनेट सेवा अवरूद्ध हुँदा बुधबार कार्यालयले प्रदान गर्ने अधिकांश सेवा ठप्प रह्यो।
सेवाग्राहीका अनुसार, कार्यालयमा टेलिफोन नउठ्ने, रेगुलेटरी पोर्टलमा स्वीकृतिका लागि प्रविष्टी गरिएका निवेदनहरूको स्वीकृति प्राप्त हुन नसकेको लगायतका समस्या देखिएको थियो।
प्राधिकरणले सूचना प्रविधिको प्रयोगलाइ जोड दिंदै अधिकांश सेवा अनलाइन गरेपनि भरपर्दो इन्टरनेट सेवा र नियमित विद्युत अापूर्तीको सुनिश्चित गर्न नसक्दा सेवा प्रवाहमा पटक पटक समस्या देखिने गरेको छ।
प्राविधिकका अनुसार, प्राधिकरणले सूचना प्रविधिको प्रयोगका लागि भरपर्दो इन्टरनेट सेवासँगै वैकल्पिक इण्टरनेटको समेत व्यवस्था सुनिश्चित गर्नुपर्छ। यसबाहेक विद्युत अापूर्ती अवरूद्ध हुन नदिन फरक फरक फिडरबाट लाइन जडान गर्न लगाउने, जेनरेटर र ब्याट्री ब्याक अपको व्यवस्था गर्ने काम नभएसम्म समस्या पुनः दोहोरिरहनेछ।












