काठमाडौं । यो साता लगातार दुई दिन बढेको शेयर बजार आज भने घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १३ दशमलव ९५ अंकदे घटेर २,७१२ को विन्दुमा कायम भएको छ । आज ७० कम्पनीको शेय। मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३४६ कम्पनीको १ करोड १३ लाख ५४ हजार ७१२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड माथिको शेयर कारोबार भएको छ । हिजोको तुलनामा कारोबार रकम पनि घटेको हो । आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४२ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २८ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको २६ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । बुङगल हाइड्रोका लगानीकर्ताले १० दशमलव ५० प्रतिशतका दरले कमाएका छन् । सालपा विकास बैंकका लगानीकर्ताले ५ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् । पियोर इनर्जीका लगानीकर्ताले ५ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एनसीसी डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७ दशमलव १६ प्रतिशतका दरले गुमाएका हुन् ।












