काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावितहरूको राहत तथा उद्धार कार्यका लागि सहयोग गर्न एशियन लाईफ इन्स्योरेन्सले सरकारी राहत कोषमा १ करोड १ लाख रूपैयाँ सहयोग राशी उपलब्ध गराएको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत प्रधानमन्त्री विपद राहत कोषमा रू. १ करोड १ लाख रूपैयाँ उपलब्ध गराएको हो । कम्पनीका अनुसार, शुक्रबार अर्थमन्त्रालयमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई कम्पनीका तर्फबाट सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले चेक हस्तान्तरण गरेका थिए। चेक हस्तान्तरण कार्यक्रममा कम्पनीको प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ र होटल क्राउन इम्पेरियलका महाप्रबन्धक अभिक जंग बहादुर सिंहको समेत उपस्थिति रहेको थियो।












