IME Life New

सार्वजनिक निकायमा प्रतिस्पर्धी नियुक्तिको सरकारी नाटक, नियुक्तिको सेटिङ पहिले बाटै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विगतका सरकारले सार्वजनिक संस्थामा गरेको राजनीतिक नियुक्त एकसाथ खारेज गरेर योग्यलाइ छान्ने भन्दै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले भ्याकेन्सी अाह्वान गर्यो।

सञ्चार मन्त्रालय, परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय, संचार मन्त्रालय लगायतका मन्त्रीले समेत सामाजिक सञ्जालमार्फत् नियुक्तिका लागि इच्छुक योग्य व्यक्तिलाई आवेदनका लागि आह्वान गरे। आवेदनका लागि अनलाइन पोर्टल समेत सार्वजनिक गरिए।

Esewa
Crest

योग्यता अनुसारका व्यक्तिले नियुक्तिका लागि आवेदन दिए । आवेदन दिएकाहरूको नामावली सार्वजनिक गर्न आवश्यक ठानेन। सिधै अन्तिम सूचीका उम्मेदवारहरूको नामावली मात्र सार्वजनिक गर्यो। यतिसम्म सर्वसाधारणका लागि पाच्य नै थियो। तर, विगतका सरकारको अपारदर्शिता र भ्रष्टाचारको विरोध गरेको सरकारले गरेका नियुक्ति पनि अपारदर्शित र पक्षपातपूर्ण पुष्टी भएको छ।

राजदूत पदमा नियुक्तिका लागि ३ हजारभन्दा बढीको अावेदन प्राप्त भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ तर उनीहरू नामावली सार्वजनिक गरेको छैन।

दूर सञ्चार प्राधिकरण अध्यक्षको अपारदर्शित नियुक्तिः

टेकपाना अनलाइन पत्रिकाले नेपाल दूर संचार प्राधिकरणका अध्यक्ष नियुक्तिमा सरकारको छल र बदमाशीको विषय सप्रमाण उजागर गरेको छ।गत हप्ताको बुधबार मन्त्री परिषद बैठकबाट प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे अध्यक्ष पदमा नियुक्त गरिए । तर, बैठकपछि मन्त्री परिषदका निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकार सामू सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले उनको नियुक्तिबारे कुनै जानकारी नै उल्लेख गरेनन् ।

टेकपानाबाट लिइएको स्क्रिन सट

यसै साता सोमबार सञ्चार मन्त्रालयमा घिमिरेको सपथ ग्रहण गराइएपछि मात्र घिमिरेको नियुक्तिबारे सर्वसाधारणले जानकारी पाए। टेकपानाका अनुसार, अन्तिम सूचीमा समावेश भएका प्रतिस्पर्धीहरूको अन्तरवार्ता नसकिंदै मन्त्री परिषद बैठकले घिमिरे नियुक्तिको निर्णय गरिसकेकाले सरकारका प्रवक्ता पोखरेलले नियुक्तिको जानकारी लुकाए ।

वायू सेवा निगम अध्यक्षको नियुक्तिः

सरकारले खुला प्रतिस्पर्धाबाट नियुक्त गरिएको भनिएका नेपाल वायू सेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको उमेर ८० वर्ष हो।  उमेरका हिसाबले श्रेष्ठ अयोग्य व्यक्ति हुन् । पर्यटन मन्त्रालय सम्बद्ध ‘सार्वजनिक निकायका सदस्य तथा पदाधिकारी नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३’ अनुसार कुनै निकायको कार्यकारी प्रमुख नियुक्त हुने व्यक्तिको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्छ।

स्क्रिन सट अनलाइन खबर

राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा आफ्नै कर्मचारीः

सरकारी संस्थानमा प्रतिस्पर्धी र पारदर्शित विधिबाट पदाधिकारी नियुक्ति गर्ने घोषणा गरेको सरकार अन्तर्गतको अर्थ मन्त्री स्वर्णिम वाग्लेले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिमा आफू आबद्ध रहेको संस्थाका कर्मचारीलाइ नियुक्त गरेका छन्। अर्थमन्त्री वाग्लेले ‘इन्स्टिच्युट्स फर इण्डिग्रेटेड डेभलपमेण्ट स्टडिज’ (आआइडिएस) को कर्मचारी आस्था भट्टलाइ नियुक्त गरेका हुन्। अनलाइन खबरमा प्रकाशित समाचार अनुसार, भट्ट आइआइडिएसको कर्मचारी हुन्, जहाँ अर्थमन्त्री अझै पनि मानार्थ अध्यक्षको भूमिकामा छन् ।

अनलाइन खबरबाट स्क्रिन सट

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS