काठमाडौं । उखु किसानलाई करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ लिएको आरोपमा दर्ता भएको मुद्दामा अन्नपूर्ण सुगर मिल प्रालिका दुई सञ्चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पश्चिम नवलपरासी, रामग्राम नगरपालिका २ बस्ने शैलेन्द्र गुप्ता र सर्लाही, हरिपुर नगरपालिका १ घर भई हाल पश्चिम नवलपरासी बस्ने विनोद साह कलवार रहेका छन् ।
उखु किसानलाई लामो समयदेखि करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ लिएको आरोपमा दर्ता भएको मुद्दामा फरार रहेका दुबै जनालाई पक्राउ गरिएको हो ।
उनीहरूविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान तथा आवश्यक कानुनी प्रकृया बढाइएकाे नेपाल प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।












